केजरीवालले तमिलनाडुका मुख्यमन्त्री स्टालिनसित गरे भेट
केजरीवालले तमिलनाडुका मुख्यमन्त्री स्टालिनसित गरे भेट


नयाँ दिल्ली, 20 अप्रेल (हि.स.)। आम आदमी पार्टी (आआपा) का राष्ट्रिय संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले सोमवार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनसित चेन्नईमा भेट गरे। दुई नेताबीच भएको यस भेटपछि आज चेन्नईमा संयुक्त रोड शो आयोजना गरिएको छ। यस अवधि अरविन्द केजरीवालले तमिलनाडुमा डीएमके औ मुख्यमन्त्री स्टालिनको समर्थनमा चुनाउ प्रचार गरे।

अरविन्द केजरीवालले एक्समा जारी सन्देशमा भने, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनसित भेटेर सम्मानित महसूस भयो। हामी शिक्षा, स्वास्थ्य हेरचाह तथा महिला सशक्तिकरणको लागि एक समान दृष्टिकोण साझा गर्दछौं। हामीले सदैव एका-अर्काबाट सिक्दै आएका छौं। केजरीवालले तमिलनाडुका मानिसहरूको जीवनलाई परिवर्तन गर्नमा स्टालिनको समर्पित शासनद्वारा सृजित प्रभावको सराहना गरे।

उल्लेखनीय छ, तमिलनाडु विधानसभाको लागि आगामी 23 अप्रेलमा मतदान हुनुछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande