कुरूक्षेत्रमा छोरोकी बिमारीबाट चिन्तित परिवारका तीन जना सदस्यहरूले गरे आत्महत्या, सुसाइड नोट भेटियो
कुरूक्षेत्रमा छोरोकी बिमारीबाट चिन्तित परिवारका तीन जना सदस्यहरूले गरे आत्महत्या, सुसाइड नोट भेटियो


चण्डीगढ़, 20 अप्रेल (हि.स.)। कुरुक्षेत्रमा छोरीको बिमारीदेखि चिन्तित परिवारका तीन जना सदस्यहरूले आत्महत्या गरे। पुलिसले समवार बिहान तीनै वटा शवलाई पंखामा झुण्डिरहेको अवस्थामा फेला पाऱ्यो। प्रारम्भिक जाँचमा परिवारले मानसिक समस्याको कारण यो कदम उठाएको हो।

कुरुक्षेत्र पुलिस अनुसार सोमवार बिहान लगबग साढ़े छह बजी सुभाष मण्डी चौकीलाई सूचना प्राप्त भयो कि प्रेम नगर कलोनीमा अवस्थित एउटा घरका तीनै जना सदस्यहरूले फाँसी लगाएर आत्महत्या गरेका छन्। पुलिस तुरून्तै घटनास्थलमा पुग्यो जहाँ पति-पत्नी र उनीहरूकी तीन वर्षीय छोरीको शव फाँसीमा झुण्डिरहेको थियो। पुलिसले तीनै शवलाई कब्जामा लिएर अस्पतालमा पुऱ्यायो डहाँ डाक्टरहरूले सबैलाई मृत घोषित गरिदिए। मृतकहरूको पहिचान जतिनद्र कुमार (30), पत्नी मञ्जू (28) औ छोरी अदविकाको रूपमा भएको छ।

भनिन्छ, छोरीको आज जन्मदिन थियो। जतिन्द्र कुमार रेलवे मेल सर्भिसमा काम गर्थे भने उनका पिता महेन्द्र सिंह पञ्जाब पुलिसबाट सेवानिवृत्त भएका थिए। थाना कृष्णा गेटका प्रभारी बलजित सिंहले बताए, पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मामिलाको जाँच शुरू गरिएको छ। पुलिसले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ जसको जाँच भइरहेको छ। थाहा लागे अनुसार यस परिवारको छोरी प्रायः जसो नै बिमार भइरहन्थी जसले गर्दा माता-पिता मानसिक तनाउमा थिए। यसैले गर्दा यस्तो कदम उठाएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande