बंगाल चुनाउ आउनु चार दिनअघि बन्द भयो रक्सी दोकानहरू, आबकारी विभागको नयाँ आदेश
बंगाल चुनाउ आउनु चार दिनअघि बन्द भयो रक्सी दोकानहरू, आबकारी विभागको नयाँ आदेश


कोलकाता, 20 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई केन्द्र गर्दै राज्य आबकारी विभागले ठूलो फसेला लिएको छ, जसान्तर्गत मतदान हुन चार दिनअघिबाटै रक्सीका दोकानहरूलाई बन्द राक्ने आदेश जारी गरिएको छ। नयाँ अधिसूचना जारी भएपछि प्रथम चरणको चुनाउ हुने जिल्लाहरूमा गए आइतवार रातीदेखि नै रक्सी दोकानहरू बन्द भएका छन्।

सामान्य रूपमा मतदान हुन 48 घण्टाअघि मात्र रक्सी बिक्रीमाथि रोक लगाइन्थ्यो, तर यसपालि चुनाउ आयोग र प्रशासनको कड़ाईबीच बढ़ाएर चार दिन बनाइएको छ।

आगामी 23 अप्रेलमा प्रथम चरणको मतदान हुने जिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, मालदा, मुर्शिदाबाद, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पश्चिम बर्धमान औ बीरभूममा गए आइतवार रातिदेखि नै रक्सी दोकानहरूलाई बन्द गरिएको छ।

यता आगामी 29 अप्रेलमा दोस्रो चरणको मतदान हुने क्षेत्रहरूमा 25 अप्रेलदेखि रक्सी दोकानहरू बन्द रहनेछन्। राज्य सरकारका रक्सी भण्डार गृहहरूलाई पनि सोमवारदेखि बन्द राख्ने निर्देश दिइएको छ जसबाट खुदरा दोकानहरूलाई अतिरिक्त आपूर्ति हुन नसकोस्।

अचानक लिइएको उक्त फसेलाले रक्सी उपभोक्ताहरूमा निराशा छाएको छ, किनभने सामान्यतः 48 घण्टाको प्रतिबन्धलाई ध्यानमा राखेर नै उनीहरूले रक्सीको भण्डारण गर्दछन्। यसपालि आइतवार आदेश जारी हुनसाथ त्यै दिनदेखिको दोकानहरूलाई बन्द गरियो।

न्यू टाउनका एकजना रक्सी दोकान संचालकले बताए, मतदान आउनु चार दिनअघि दोकान बन्द राख्नुपर्ने निर्देश उनलाई आइतवार मात्र प्राप्त भएको हो। जुन गोदामबाट माल आउँथ्यो, त्यसलाई पनि सोमवारदेखि बन्द गरिदिएको छ।

प्रशासनको मान्यता छ, यो कदम चुनाउ अवधि कानून व्यवस्थालाई कायम राख्न तथा रक्सीको दुरूपयोगलाई रोक्ने उद्देश्यले उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande