
कोलकाता, 20 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउमा कुनै पनि प्रकारको धाँधली, जाली मतदान तथा बूथ कब्जाको आशंकालाई रोक्नको लागि चुनाउ आयोगले व्यापक तयारी गरिरहेको छ। आयोगले विशेष गरेर भोटर स्लिप वितरण, मतदाता पहिचान सत्यापन तथा मतदाता सूचीको पुनर्जाँचलाई लिएर केही कड़ा निर्देश जारी गरेको छ। यी व्यवस्थाहरूको प्रभावशीलताको पहिलो ठूलो परीक्षण आगामी 23 अप्रेलमा हुने प्रथम चरणको मतदानमा हुनेछ।
आयोगको निर्देशानुसार बूथ स्तरीय अधिकारीहरूले घर-घरमा पुगेर मतदाताहरूलाई भोटर स्लिप सुम्पिनेछन्। यदि सम्बन्धित मतदाता घरमा उपस्थित छैन भने परिवारका कुनै वयस्क सदस्यको पहिचान पत्र जाँच गरेपछि उसलाई स्लिप दिइनेछ।
भोटर स्लिप दिएपछि समबन्धित रजिस्टरमा हस्ताक्षर लिनु अनिवार्य बनाइएको छ। साथै कुनै एक जना व्यक्तिलाई धेरैजना मतदाताहरूको स्लिप एकसाथ दिनेमाथि रोक लगाइएको छ।
यदि कुनै घरमा सम्बन्धित मतदातालाई नभेटिएको कारणले स्पिल वितरण हुन सकेन भने यसको सम्पूर्ण जानकारी बूथ स्तरीय अधिकारीले दर्ता गर्नुपर्छ। मतदानको दिन यो सूचना पीठासीन अधिकारीलाई उपलब्ध गराइनेछ।
आयोगले यो पनि निर्देश दिएको छ, यदि कुनै मतदाता भोटर स्लिप नलिई मतदान केन्द्रमा पुगे, उसको पहिचान पत्रको विशेष रूपमा जाँच गरिनेछ। साथै यो पनि सोधिनेछ, उसले भोटर स्लिप किन पाएन?
मतदाता सूचीमा अनुपस्थित, बेपता, मृत वा दोहोऱ्याेका नामहरूको अन्तिम समयमा फेरि एक पटक समीक्षा गरिनेछ। त्यसैले स्लिप वितरण अवधि बूथ स्तरीय अधिकारीले यो पनि सत्यापन गर्नेछन् कि सूचीमा दर्ता व्यक्ति वास्तवमा उपस्थित छ कि छैन।
यो जानकारी रिटर्निंग अधिकारी अथवा सहायक रिटर्निंग अधिकारीलाई पठाइनेछ साथै मतदान केन्द्रका पीठासीन अधिकारीसित पनि उपलब्ध रहनेछ।
चुनाउ आयोगको मान्यता छ, यी उपायहरूबाट कुनै अन्य व्यक्तिको नाममा मतदान गर्ने वा जाली मतदान हुने सम्भावनालाई धेरै हदसम्म रोक्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा