एआईबाट अश्लील भीडियो बनाएर भाइरल गर्ने आरोपी पक्राउ
एआईबाट अश्लील भीडियो बनाएर भाइरल गर्ने आरोपी पक्राउ


गुवाहाटी, 21 अप्रेल (हि.स.)। क्राइम ब्राञ्चको साइबर सेलले आर्टिफिशियल इन्टेलिजेन्स (एआई) तकनिकलाई उपयोग गरी अश्लील भीडियो बनाएर त्यसलाई भाइरल बनाएको आरोपमा साइबर अपराधीलाई पक्राउ गरेको छ।

पक्रा पर्ने आरोपीको पहिचान माधव बर्मनको रूपमा भएको छ जो गुवाहाटीको बिरूबारी क्षेत्रका निवासी हुन्। उसलाई प्राग न्यूज च्यानलका स्वत्वाधिकारी सञ्जीव नारायणद्वारा दर्ता गरिएको सिकायतको आधारमा पक्राउ गरिएको हो।

प्राप्त जानकारी अनुसार आरोपीले एआई टूल्सको प्रयोगबाट सञ्जीव नारायण र मर्मिता मित्राको आपत्तिजनक भीडियो बनाएका थिए। पछि उक्त भीडियोलाई एक पेसबुक पेजमा अपलोड गरी भाइरल गरियो जसबाट व्यापक चिन्ता उत्पन्न भयो।

घटनापछि सञ्जीव नारायणले क्राइम ब्राञ्चमा सिकायत गरे। मामिलाको जाँच गरी क्राइम ब्राञ्चले आरोपीलाई पक्राउ गऱ्यो। आरोपी माधव बर्मनलाई पान बजारस्थित क्राइम ब्राञ्च थानामा लगियो। मामिलाको अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande