ममता ब्यानर्जीको भाजपामाथि प्रहार, पुलिसलाई धम्काउँदै भनिन्- प्रशासन निष्पक्ष रहोस्
ममता ब्यानर्जीको भाजपामाथि प्रहार, पुलिसलाई धम्काउँदै भनिन्- प्रशासन निष्पक्ष रहोस्


कोलकाता, 21 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको प्रचार-प्रसारबीच तृणमूल कंग्रेस प्रमुख औ मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार पूर्व मेदिनीपुरको हल्दियामा जनसभालाई सम्बोधन गर्दै भाजपा र केन्द्रिय एजेन्सीहरूमाथि प्रहार गरिन्। उनले आरोप लगाइन्, प्रशासन र पुलिसमाथि दबाव दिएर एक पक्षको लागि काम गराइँदैछ।

ममता ब्यानर्जीले भनिन्, उनले कहिल्यै पनि पुलिसलाई कुनै पार्टीको पक्षमा काम गरेको देखेकी थिइनन्, तर अहिले सबै एकजुट भएर भाजपाको लागि काम गरिरहेको छ। उनले अधिकारीहरूलाई स्थानान्तरण गरेको आरोप लगाउँदै भनिन्, राज्यका केही अधिकारीहरूलाई अपदस्थ गरी बाहिरका मानिसहरूलाई तैनाथ गरिएको छ।

सभामा उनले मतदाताहरूलाई सतर्क बस्ने अपील गर्दै भनिन्, तृणमूल कंग्रेसले चारैतिर नजर राख्नेछ। उनले भनिन्, यदि कसैसित 50 वटा क्यामरा छ भने जनतासित त्योभन्दा अधिक नजर छ।

मुख्यमन्त्रीले दाबी गरिन्, यदि जनताले उनको अगुवाईमा सरकार चाहन्छ भने उम्मेद्वारहरूको नामलाई भुल्नुपर्छ, किनभने 294 वटा सीटकै उनी उम्मेद्वार हुन्। उनले भाजपा नेतृत्वलाई लक्षित गर्दै भनिन्, बाहिरका नेताहरू राज्यका मतदाता होइनन्, तथापि उनीहरूले राज्यमा दाबी गरिरहेका छन्।

ममताले आरोप लगाइन्, भाजपाले चुनाउ अवधि प्रवासी श्रमिकहरूमाथि दबाव दिएर समर्थन मागिरहेको छ। उनले भनिन्, संकटको समयमा राज्य सरकारले नै श्रमिकहरूको साथमा हुन्छ। मृतकहरूको शवलाई समेत ल्याउने काम गर्छ।

नन्दीग्रामका घटनाहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भनिन, संघर्ष कालमा उनी स्वयं जोखिम उठाएर त्यहाँ पुगेकी थिइन्। जनताले सबै कुराको सम्झना राखेका छन् जसको जवाफ उनीहरूले चुनाउमा दिनेछन्।

विकास कार्यहरूको उल्लेख गर्दै ममता ब्यानर्जीले भनिन्, हल्दियामा 50 हजार कड़ोर रुपियाँभन्दा अधिकको निवेश भएको छ भने 01 लाख 20 हजारभन्दा अधिक मानिसहरूले रोजगार पाएका छन्। उनले औद्योगिक पार्क, पाइपलाइन परियोजना, बन्दरगाह विकास औ अस्पताल विस्तारको पनि उल्लेख गर्नको साथै दिघामा ठूलो अस्पताल बनाउने घोषणा गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande