मेघालयको शिलंग–दाउकी मार्गमा भीषण पैह्रो, वाहन पुरियो, चालक बेपत्ता
मेघालयको शिलंग–दाउकी मार्गमा भीषण पैह्रो, वाहन पुरियो, चालक बेपत्ता


शिलंग, 21 अप्रेल (हि.स.)। मेघालयको शिलंग–दाउकी राष्ट्रिय राजमार्गमा मंगलवार बिहान सबेरै भयानक पैह्रो गएको घटना सामु आएको छ जसमा एउटा बोलेरो वाहन पुरियो।

प्राप्त जानकारी अनुसार अचानक पैह्रोले सोहोरेर ल्याएको विशाल चट्टान र माटो वाहनमाथि झऱ्यो जसले गर्दा वाहन पूर्ण रूपले क्षतिग्रस्त हुनको साथै पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटो मुनि पुरियो।

घटनाको सूचना पाउनसाथ बचाउ दलले घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गऱ्यो। तथापि यो खबर लेखुञ्जेलसम्म वाहन चालकको पत्तो लागेको थिएन।

प्रशासनले लगातार राहत एवं बचाउ अभियान जारी राखेको भए पनि पैह्रोले गर्दा स्थिति चुनाउपूर्ण भएको छ। ज्ञात रहोस्, राज्यमा पछिल्लो दुई-तीनदेखिको अविरल वर्षा भइरहेकोले यस किसिमको घटना घटेको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande