
दरंग (असम), 21 अप्रेल (हि.स.)। असमको मंगलदैस्थित बरुवापारा क्षेत्रमा एउटा सन्त्राषपूर्ण घटना घटेको छ। यहाँ एकजना युवक र एक जना युवतीको शव संदिग्ध अवस्थामा भेटिएको छ।
पुलिसले आज बतायो, मृत युवकको पहिचान आजिजुलको रूपमा भएको छ जो इस्लामपुर निवासी थिए भने युवती बरुवापारा क्षेत्रको रहेको बताइएको छ। दुवैको शव युवतीको घरबाट फेला परेको छ। उक्त घटनाको कारणले सम्पूर्ण क्षेत्रमा खैलाबैला मचिएको छ।
प्राप्त जानकारी अनुसार यी दुई युवक-युवतीमाझ पछिल्लो लामो समयदेखिकै प्रेम सम्बन्ध रहिआएको थियो। प्रारम्भिक रूपमा प्रेम सम्बन्धकै कारणले दुवैले आत्महत्या गरेको आशंका व्यक्त गरिँदैछ। तथापि वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन।
सूचना पाउनसाथ मंगलदै पुलिसले घटनास्थलमा पुगेर मामिलाको जाँच कार्य शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा