पहिलो चरणको मतदानमा 6 वटा जिल्लामा चुनाउ आयोगको विशेष नजर, अति संवेदनशील घोषित
पहिलो चरणको मतदानमा 6 वटा जिल्लामा चुनाउ आयोगको विशेष नजर, अति संवेदनशील घोषित


कोलकाता, 21 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 अन्तर्गत पहिलो चरणको मतदान हुनअघि चुनाउ आयोगले राज्यका 6 वटा जिल्लाहरूलाई विशेष निगरानीमा राखेको छ। आयोगले यी जिल्लाहरूलाई अति संवेदनशील श्रेणीमा चिन्हित गरेको छ। यी अति संवेदनशील जिल्लाहरूमा क्रमैले मालदा, मुर्शिदाबाद, बीरभूम, पश्चिम मेदिनीपुर, पश्चिम बर्धमान औ उत्तर दिनाजपुर सामेल छन्।

उपरोक्त आशयको जानकारी गराउँदै चुनाउ आयोगको सूत्रले बतायो, आयोगका अधिकारीहरूले बंगालको पछिल्लो 15 वर्षको चुनावी इतिहासको समीक्षा गरेपछि निर्णय लिएका छन्, यसपालि कुनै पनि प्रकारको विवाद, हिंसा एवं अशान्तिलाई रोख्नको लागि कड़ा कदम उठाइनेछ।

चुनाउ आयोगले सम्बन्धित अधिकारीहरूलाई निर्देश दिएको छ, गैर-जमानती धारा अन्तर्गत पक्राउ वारन्ट जारी गरिएकाहरूलाई तुरून्त पक्राउ गरियोस्। साथै सम्भावित सबै उपद्रवी अनि अशान्ति फैलाउनेहरूमाथि पनि नजर राख्न र आवश्यकता परे तिनीहरूलाई हिरासतमा लिन भनिएको छ।

आयोगको मान्यता छ, यी 6 वटा जिल्लाहरूमा पूर्वका चुनाउ अवधि केही अप्रिय घटनाहरू घटेका थिए। त्यसैले यसपालि अभूतपूर्व सुरक्षा व्यवस्था गर्ने तयारी गरिँदैछ ताकि मतदान पूर्ण रूपले शान्तिपूर्ण ढंगमा सम्पन्न गराउन सकियोस्।

चुनाउ आयोगले पहिला नै स्पष्ट पारिसकेको छ, यस वर्ष 2026-को विधानसभा चुनाउ रक्तपात रहित, निष्पक्ष, स्वतन्त्र औ शान्तिपूर्ण ढंगमा सम्पन्न गराइयोस्। अब आयोगको ताजा कदमलाई त्यसै दिशा तर्फ गरिएको ठूलो प्रयास मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande