
कोलकाता, 21 अप्रेल (हि.स.)। प्रवर्तन निदेशालयले कोलकाता पुलिसका डिप्टी कमिश्नर शान्तनु सिंह बिस्वासलाई अब बालुवा तस्करी मामिलामा जाँचबुझ गर्नको लागि बोलाएको छ। यसपूर्व एजेन्सीले उनलाई जमीन भ्रष्टाचार मामिलामा पनि समन पठाइसकेको छ।
सूत्र अनुसार शान्तनु सिंह बिस्वासलाई बुधवार सल्टलेकस्थित सीजीओ कम्प्लेक्समा उपस्थित हुन भनिएको छ। यसै मामिलामा झाड़ग्रामका पूर्व जिल्लाधिकारी सुनिल अग्रवाललाई पनि समन जारी गरिएको छ।
अहिलेघरि प्रवर्तन निदेशालयले बालुवा तस्करी मामिलाको जाँचको सिलसिलामा राज्यका विभिन्न जिल्लाहरूमा छापामारी अभियान संचालन गरिरहेको छ। तथापि शान्तनु सिंह बिस्वासर सुनिल अग्रवाललाई कुन विशेष परिस्थितिमा बोलाइएको हो, अहिलेसम्म स्पष्ट गरिएको छैन।
यसबीच अर्को अलग्गै मामिलामा बेहालाका कारबारी जय कामदारसित शान्तनु सिंह बिस्वास र उनको परिवारको सम्बन्धन रहेको दाबी पनि एजेन्सीले गरेको छ। एजेन्सीको आरोप छ, प्रभावलाई प्रयोग गरी व्यापारीलाई जमीन दिलाउनमा सहयोग गरिन्थ्यो।
ईडी अनुसार कथित रूपमा तीन प्रकारका जमीनहरूलाई लक्षित गरिन्थ्यो- संयुक्त स्वामित्व भएको जमीन, भाडा़टी विवाद भएको जमीन र ती सम्पत्तिहरू जसको मालिक नोकरी वा अन्य कारणले राज्य बाहिर बस्छ।
जाँच एजेन्सीले दाबी गरेको छ, पक्रा पर्ने व्यापारी जय कामदारको राज्य पुलिस र कोलकाता पुलिसका केही स्तरहरूमा सम्पर्क थियो जसमा डिप्टी कमिश्नर शान्तनु सिंह बिस्वासको नाम पनि सामेल छ। जाँचकर्ताहरूको भनाइ छ, शान्तुका दुवै छोरासित पनि व्यापारीको सम्पर्क थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा