छयगाउँमा रूखको हाँगा भाँचिएर युवकको मृत्यु
छयगाउँमा रूखको हाँगा भाँचिएर युवकको मृत्यु


कामरूप (असम), 21 अप्रेल (हि.स.)। जिल्लाको छयगाउँ स्थित गाछगुमी क्षेत्रमा एउटा दुःखदायी घटना घटेको प्रकाशमा आएको छ जहाँ गए राति बिहू कार्यक्रमको आनन्द लिरहेका एकजना युवकको रूखको हाँगा भाँचिएर मृत्यु भयो।

मृत युवकको पहिचान जामबारी निवासी भास्कर कलिताको रूपमा भएको छ जसले स्थानीय स्तरमा आयोजित बिहू समारोहमा सामेल भएर कार्यक्रमको आनन्द उठाइरहेका थिए।

प्राप्त जानकारी अनुसार अबेर राती हावा-हुन्डरी आएर एउटा रूखको हाँगा अचानक भाँचिएर युवकमाथि झऱ्यो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। अचानक भएको यस गटनाको कारणले सम्पूर्ण क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande