बंगाल चुनाउ-2026- अमित शाहले खरसाङ ऱ्यालीमा राज्य सरकारमाथि गरे चर्को हमला, गोर्खा मुद्दा र सुरक्षालाई लिएर गरे ठूला वाचा
बंगाल चुनाउ-2026- अमित शाहले खरसाङ ऱ्यालीमा राज्य सरकारमाथि गरे चर्को हमला, गोर्खा मुद्दा र सुरक्षालाई लिएर गरे ठूला वाचा


कोलकाता, 21 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ 2026 को पहिलो चरणको प्रचारको अन्तिम दिन केन्द्रिय गृहमन्त्री अमित शाहले मंगलवार दार्जीलिङको खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्दै राज्य सरकारमाथि चर्को हमला गरे। उनले गोर्खा समुदायको समस्या, महिला सुरक्षा, घुसपैठ रोक्ने र उत्तर बंगालको विकासको बारेमा धेरै महत्त्वपूर्ण वाचा गरे।

अमित शाहले यस पटक राज्यमा भारतीय जनता पार्टीको सरकार बन्ने दाबी गरे र ममता ब्यानर्जी नेतृत्व सरकारको बिदाई निश्चित रहेको भने। उनले जनता परिवर्तनको लागि तयार रहेको र आगामी चुनाउले राज्यको दिशा निर्धारण गर्ने बताए।

गोर्खा समुदायलाई आश्वासन

केन्द्रिय गृहमन्त्रीले भने, यदि भाजपाको सरकार बन्यो भने गोर्खा समुदायको लामो समयदेखिको समस्या समाधान हुनेछ। उनले गोर्खा समुदायलाई सन्तुष्ट पार्ने र उनीहरूको अधिकारको सुरक्षा सुनिश्चित गर्ने समाधान चाँड़ै नै खोज्ने दाबी पनि गरे।

उनले कांग्रेस र तृणमूल कांग्रेसले वर्षौंदेखि दार्जीलिङ र गोर्खा समुदायलाई न्याय नगरेको आरोप लगाए, जसको परिणामस्वरूप यो क्षेत्र विकासबाट वञ्चित भएको छ।

उनले यो पनि भने, यदि केही गोर्खा मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ भने चुनाउपछि ती नामहरू फेरि थपिनेछन् र प्रत्येक योग्य मतदातालाई उनीहरूको अधिकार दिइनेछ।

घुसपैठ र सुरक्षा केन्द्रमा

अमित शाहले राज्यबाट अवैध घुसपैठ र रोहिंग्या तत्वहरूलाई राज्यबाट बाहिर गर्न आह्वान गर्दै यसलाई गम्भीर राष्ट्रिय सुरक्षा मुद्दा भने। उनले सीमावर्ती क्षेत्रहरूमा सतर्कता बढ़ाएर देशको सुरक्षा सुनिश्चित गरिने बताए।

महिला सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनले भने, राज्यमा महिला विरुद्ध अपराधका घटनाहरू बढ़ेका छन्। उनले आश्वासन दिए कि यदि भाजपाको सरकार बने त्यस्ता अपराधीहरू विरुद्ध कड़ा कारबाही गरिनेछ र कानून व्यवस्था बलियो बनाइनेछ।

उत्तर बंगालको विकासमाथि जोड

केन्द्रिय गृहमन्त्रीले भने, केन्द्र सरकारले उत्तर बंगालमा धेरै महत्त्वपूर्ण विकास योजनाहरू शुरु गरेको छ। उनले भने, वन्दे भारत रेल सेवाहरू विस्तार गरिएको छ, सेवोक-रम्फू रेल परियोजना अन्तिम चरणमा छ र नयाँ जलपाईगढ़ी रेलवे स्टेशनलाई द्रुत गतिमा आधुनिकीकरण गरिएको छ।

उनले पर्यटन, कनेक्टिभिटी र उद्योगको क्षेत्रमा उत्तर बंगाललाई अगाड़ी बढ़ाउन धेरै नयाँ योजनाहरू लागू गरिने पनि बताए।

उल्लेख्य, अमित शाहले 23 अप्रेलमा पहिलो चरणको मतदानअघि प्रचारको अन्तिम दिन राज्यमा चार वटा सार्वजनिक सभाहरू तय गरेका छन्। उनले खरसाङ, कुल्टी, शालबनी र चण्डीपुरमा र्या।लीहरूलाई सम्बोधन गर्नेछन्। सबैको नजर अब पहिलो चरणको मतदान र त्यसपछिको चुनावी नतिजामा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande