बशिष्ठ नदीमा युवकको शव
बशिष्ठ नदीमा युवकको शव


गुवाहाटी, 21 अप्रेल (हि.स.)। गुवाहाटीको बशिष्ठ नदीमा एक जना युवकको शव फेला परेको छ। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। आशंका व्यक्त गरिँदैछ, उक्त शव नाली वा मेनहोलको माध्यमबाट बगेर नदीसम्म आइपुगेको हुनसक्छ।

स्थानीय मानिसहरूले आज बताए, मृतकको पहिचान हाथीगाउँको नटबोमा क्षेत्र निवासी आख्तर अलीको रूपमा भएको छ जो गत आइतवारदेखि नै बेपत्ता भएका रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार भर्खरै आएको मुसलधारे पानीको कारणले सृजित जलजमाउ अवधि उनी मेनहोलमा परेको हुनसक्छ जसपस्चात उसको शव बगेर बशिष्ट नदीमा पुग्यो। तथापि पुलिसले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरेको छैन।

परिवारजनले बताए, आख्तर अली विशेष रूपमा सक्षम थिए। पुलिसले मामिलाको जाँच गरी उनको मृत्युको वास्तविक कारण पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande