
नाम्ची, 21 अप्रेल (हि.स.)। कृषि विभाग, नाम्ची जिल्लाले आज रायोङ आरएडी क्लस्टरमा रेनफेड एरिया डेभलपमेन्ट प्रोग्राम अन्तर्गत मौरी पालन सम्बन्धी सचेतना एवं बितरण कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा रायोङ तिन्कीताम जीपीयूकी पंचायत सभापति पेमा डिकी भोटिया मुख्य अतिथि थिइन्।
कृषि विभागकी अतिरिक्त निर्देशक निर्मला मोक्तानले आरएडी कार्यक्रमको महत्वमा प्रकाश पार्दै विभिन्न विभागीय कार्यक्रमहरूको बारेमा जानकारी दिइन्। किसानहरूको आय वृद्धिको लागि मौरीपालन अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्दै 50 जना लाभार्थीहरूलाई वैज्ञानिक मौरीको डुॅंढ प्रदान गरियो।
स्रोत व्यक्त एडीओ अर्बिन माझीले मौरीपालनको महत्व र जिल्लामा दिगो कृषि विकास सुनिश्चित गर्न आधुनिक मौरीपालन प्रणाली अपनाउन आह्वान गरे।
हिन्दुस्थान समाचार / बिशाल