
गान्तोक, 21 अप्रेल (हि.स.)। गान्तोक नगर निगम अन्तर्गत वार्ड नम्बर 10 डीपीएचमा 85 वर्षभन्दा माथि उमेर पुगेका वरिष्ठ नागरिकहरूका लागि घरमा मतदान प्रक्रिया सफलतापूर्वक समाप्त भएको छ। मतदान केन्द्रहरूमा भौतिक रूपमा उपस्थित हुन नसक्ने वरिष्ठ मतदाताहरूले सुविधाजनक र मर्यादित तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्न यो सुविधा विस्तार गरिएको बताइएको छ।
मतदान टोलीले राज्य निर्वाचन आयोगको एसओपीलाई कडाइका साथ पालन गर्दै २ जना योग्य मतदाताहरूको घरमा गएर पोस्टल ब्यालट मार्फत मतदान सम्पन्न गऱ्यो। घरमा मतदान प्रक्रियाको समाप्तिपछि प्रतिद्वन्दी उम्मेदवारहरूका अधिकृत चुनाउ एजेन्टहरूको उपस्थितिमा स्ट्रङ खोलियो। संग्रह गरिएका सबै पोस्टल ब्यालेटहरू तोकिएको प्रक्रिया अनुसार विधिवत रूपमा जम्मा, सिल र सुरक्षित गरियो।
उल्लेखनीय छ, नगर पालिका चुनाउ 2026 अन्तर्गत डीपीएच वार्डमा आगामी 24 अप्रेलका दिन मतदान हुनेछ भने 25 अप्रेलका दिन मतगणना हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल