गोली लागेर एन्टी नारकोटिक्स टास्क फोर्समा तैनाथ पञ्जाब पुलिसका डीएसपीको मृत्यु
गोली लागेर एन्टी नारकोटिक्स टास्क फोर्समा तैनाथ पञ्जाब पुलिसका डीएसपीको मृत्यु


चण्डीगढ़, 21 अप्रेल (हि.स.)। पञ्जाबको फगवाड़ामा मंगलवार एन्टी-नारकोटिक्स टास्क फोर्समा तैनाथ एकजना डीएसपीको गोली लागेर मृत्यु भो। डीएसपी योगेश कुमारको तीनअघि मात्र चण्डीगढ़मा स्थानान्तरण भएको थियो। डीएसपीले आफ्नो सरकारी रिवल्वर सफा गरिरहेका थिए। यसै अवधि गोली चल्यो जुन उनको छात्तीमा लाग्यो।

कपूरथलाकी एसपी माधवी शर्माले भनेकी छन्, यो घटना बिहान लगभग साढ़े सात बजे भएको हो। त्यसबेला डीएसपी योगेश कुमार आफ्ना परिवारका सदस्यहरू क्रमैले पत्नी, माता-पिता, छोरा-छोरीसित घरमै उपस्थित थिए। डीएसपीले आफ्नो सरकारी रिवल्वर सफा गरिरहेका थिए।यस अवधि गोली चलेर उनको छात्तीमा लाग्यो। घटनापछि तुरून्तै उनलाई जालन्धरको एक निजी अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। परिवारको बयानमा मामिलाको अग्रिम कारबाही गरिनेछ। हाल मामिला गल्तीले गोली चलेको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande