सय प्रतिशत जीत हासिल गर्ने कुरामा विश्वस्त छौं: सुरज घिसिङ
सुरज घिसिङ


खरसाङ, 21 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को खरसाङ महकुमा समितिका सभापति सुरज घिसिङले पार्टीको जीतप्रति आफुहरू सय प्रतिशत विश्वस्त रहेको बताएका छन्। उनले खरसाङमा आज एक पत्रकार सम्मेलनमा खरसाङ विधानसभा क्षेत्रका 16 वटा समष्टिहरुमा पार्टीकी उम्मेदवारप्रति जनताको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए।

उनले पार्टीको जीतप्रति आफुहरू विश्वस्त रहेको बताए गृहमन्त्रीको वक्तव्य विषयमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, गृहमन्त्रीको वक्तव्य केबल राजनीतिक स्टन्ट मात्र हो। एसआईआरमा डिलिट हुनेहरुको फाइनल हो। गृहमन्त्रीले केवल राजनीतिक फाइदाका लागि मात्र बोलेका हुन्। उनले भाजपालाई भोट हाल्नु भनेको आत्महत्या गरे जस्तो हो भनी बताए।

उनले भने, गोर्खाहरुप्रति भाजपाको दृष्टिकोण राम्रो छैन। उनले यसपाली विधानसभा चुनाउमा भाजपालाई कसैले पनि भोट नदिन आह्वान् गरे। उनले भने, भाजपा जस्तो पार्टीले गोर्खा जातिलाई मास्ने छ। भाजपा पनि जीटीएकै पक्षमा छ। भाजपालाई भोट हाल्नु भनेको सुँगुरले जून हेर्नु जस्तै हो। किनभने भाजपाको बहुमतको सरकार हुँदा पनि केही दिएन।

घिसिङले भने, भाजपाले एसआईआर ल्याएर धेरै गोर्खाहरुको नाम काटेको छ। खरसाङ क्षेत्रमा मात्र 24 सय जनाको नाम काटिएको छ। भाजपा सरकारले हामीलाई धेरै शोषण गरेको छ। भाजपाले हामीलाई हेलाहोँचो गरेको छ। अब जनताले बुझ्नुपर्छ। त्यसैले भाजपालाई भोट हाल्नु हुँदैन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande