
कोलकाता, २२ अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको क्रममा मतदानको अवस्थाको जायजा लिनका लागि चुनाउ आयोगले अन्तरराष्ट्रिय प्रतिनिधिमण्डललाई राज्यमा ल्याइरहेको छ। आयोगका स्रोतहरूका अनुसार, पहिलो चरणको मतदानभन्दा एक दिनअघि यो टोली पश्चिम बंगाल पुग्नेछ। बिहिबार प्रतिनिधिमण्डलले मतदान प्रक्रिया र सुरक्षा व्यवस्थाको निरीक्षण गर्नेछ। पश्चिम बंगालसँगै तमिलनाडुको पनि भ्रमण गराइने बताइएको छ।
यसैबीच, आयोगले २९ अप्रेलमा हुने दोस्रो चरणको विधानसभा चुनाउका लागि कुल दुई हजार ३२१ कम्पनी केन्द्रिय बल तैनाथ गर्ने घोषणा गरेको छ। मङ्गलबार जारी अधिसूचनाअनुसार, सबैभन्दा बढी ५०७ कम्पनीहरू उत्तर २४ परगना जिल्लामा तैनाथ गरिने छन्।
पहिलो चरणका लागि आयोगले दुई हजार ४०७ कम्पनी केन्द्रिय बल तैनाथ गरेको छ। यस चरणमा सबैभन्दा बढी ३१६ कम्पनीहरू मुर्शिदाबाद जिल्लामा लगाइएका छन्। जसमध्ये २४० कम्पनीहरू मुर्शिदाबाद पुलिस जिल्लामा र ७६ कम्पनीहरू जङ्गीपुर क्षेत्रमा रहनेछन्।
उत्तर २४ परगना जिल्लाको बारासत पुलिस जिल्लामा ११२ कम्पनीहरू, बनगाँवमा ६२, बसिरहाटमा १२३, विधाननगरमा ५० र ब्यारेकपुरमा १६० कम्पनीहरू तैनात रहनेछन्। दक्षिण २४ परगना को सुन्दरबनमा ११३ कम्पनीहरू, बारुईपुरमा १६१ र डायमन्ड हार्बरमा १३५ कम्पनीहरू तैनाथ गरिनेछन्। हावडा जिल्लाको ग्रामीण क्षेत्रमा १४७ कम्पनीहरू र हावडा प्रहरी आयुक्तालय क्षेत्रमा ११० कम्पनीहरू रहनेछन्। नदियाँ जिल्लाको कृष्णनगर प्रहरी जिल्लामा १५८ कम्पनीहरू तथा राणाघाट पुलिस जिल्लामा १२७ कम्पनीहरू तैनाथ हुनेछन्। हुगली जिल्लाको चन्दननगर पुलिस आयुक्तालय क्षेत्रमा ८३ कम्पनीहरू र हुगली ग्रामीण क्षेत्रमा २३४ कम्पनीहरू लगाइने छन्। पूर्व बर्धमान जिल्लामा कुल चार हजार ४६५ मतदान केन्द्रहरू छन्। यहाँ २६० कम्पनी केन्द्रिय बल तैनाथ गरिनेछ। पश्चिम बर्धमान जिल्लाको आसनसोल-दुर्गापुर पुलिस आयुक्तालय क्षेत्रमा १९५ मतदान केन्द्रहरू छन्। यहाँ १३ कम्पनीहरू तैनात रहनेछन्। कोलकाता- राजधानी कोलकातामा पाँच हजार १७२ मतदान केन्द्रहरूमा सुरक्षाका लागि २७३ कम्पनी केन्द्रिय बल तैनाथ गरिनेछ।
आयोगले बताएअनुसार केन्द्रिय बलको प्रत्येक कम्पनीमा कम्तीमा ७२ जना सिपाहीहरू हुनेछन्। यस सम्बन्धमा केन्द्रिय गृह मन्त्रालयले पहिल्यै निर्देशन जारी गरिसकेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी