
नयाँ दिल्ली, 22 अप्रेल (हि.स.)। जर्मनीको तीन दिने भ्रमणमा रहेका रक्षामन्त्री राजनाथ सिंहले इरान-अमेरिका संघर्षमा भविष्यमा भारतको भूमिकालाई लिएर महत्वपूर्ण बयान दिएका छन्। उनले भारतले सधैं शान्तिको लागि प्रयास गरेको र भविष्यमा इरान र अमेरिकाबीच मध्यस्थतामा भूमिका खेल्न सक्ने बताए। उनले स्पष्ट पारे कि भारतले सही समय आए हस्तक्षेप गर्नसक्छ। रक्षामन्त्रीले जर्मनीको आफ्नो तीन दिने भ्रमणको पहिलो दिन बर्लिनमा रहेका भारतीय समुदायसँग संवाद गरे।
रक्षामन्त्री राजनाथ सिंह मंगलवार जर्मनीको तीन दिने भ्रमणका लागि बर्लिन पुगे। उनलाई जर्मन वायुसेनाको विशेष विमानमा लगियो। म्युनिखबाट बर्लिनको उड़ानको क्रममा उनलाई लड़ाकु विमानहरूले सुरक्षा दिए। बर्लिन आइपुगेपछि उनलाई सैन्य सम्मान प्रदान गरियो। यस भ्रमणको क्रममा उनले भारत र जर्मनीबीचको सम्बन्धलाई अझ् बलियो बनाउन जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस र अन्य वरिष्ठ नेताहरूसँग द्विपक्षीय वार्ता गर्नेछन्। मेक-इन-इन्डिया पहल अन्तर्गत संयुक्त विकास र सह-उत्पादनलाई बढ़ावा दिन उनले जर्मन उद्योग प्रतिनिधिहरूसँग पनि छलफल गर्ने सम्भावना छ।
जर्मनीमा रहेका रक्षामन्त्री राजनाथ सिंहले स्पष्ट रूपमा भनेका छन्, भारतले इरान र संयुक्त राज्य अमेरिकाबीचको वर्तमान परिस्थितिमा प्रत्यक्ष रूपमा मध्यस्थता नगरे पनि भविष्यमा यस्तो कदम चाल्ने सम्भावनालाई नकार्न सकिँदैन। प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै पक्षलाई युद्ध समाप्त गर्न अपील गरेका छन् तर सबै कुराको एक सही समय हुन्छ। शायद त्यो समय आउनेछ जब भारतले आफ्नो भूमिका खेल्नसक्छ र सफलता हासिल गर्नसक्छ। राजनाथ सिंहको यो भनाइ यस्तो समयमा आएको हो जब पाकिस्तानमा संयुक्त राज्य अमेरिका र इरानबीच मध्यस्थता गर्ने प्रयासहरू खासै सफल भएको देखिएको छैन।
जर्मनीको आफ्नो तीन दिने भ्रमणको पहिलो दिन रक्षामन्त्रीले बर्लिनमा भारतीय समुदायसँग संवाद गरे। उनले लगभग 3 लाख भारतीय डायस्पोराहरूको प्रशंसा गरे, उनीहरूलाई दुई देशहरूबीचको सबैभन्दा बलियो पुल भने, व्यापार, तकनीकी, स्वास्थ्य सेवा, शिक्षा र कला जस्ता विभिन्न क्षेत्रमा उनीहरूको महत्त्वपूर्ण योगदानको उल्लेख गरे। उनले भने, पहिले अन्तरराष्ट्रिय मञ्चहरूमा भारतको विचारलाई बेवास्ता गरिन्थ्यो तर आज सम्पूर्ण विश्वले ध्यानपूर्वक सुन्छ। उनले जर्मनीमा रहेका भारतीयहरूलाई विश्वव्यापी रूपमा भारतको दृष्टिकोणलाई बढ़ावा दिने र आर्थिक सम्बन्धलाई बलियो बनाउन आग्रह गरे।
राजनाथ सिंहले 2026 मा जर्मनीसँगको कूटनीतिक सम्बन्धको 75 वर्ष पूरा भएको बताए, जुन विश्वास, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यमा आधारित छ। उनले भारतीय प्रवासीहरूलाई आफ्नो सम्पदासित जोड़िएर भारत-जर्मनी साझेदारीको सुदृढ़ीकरणमा योगदान गरिरहन आग्रह गरे। उनले विश्वका विभिन्न भागहरूमा बसोबास गर्ने भारतीय प्रवासीहरूप्रति देशको प्रतिबद्धता दोहोर्याभए, उनीहरूलाई सरकारको निरन्तर समर्थन र संरक्षणको आश्वासन दिए। भारतको द्रूत आर्थिक वृद्धि र तकनीकी प्रगतिको बारेमा छलफल गर्दै रक्षामन्त्रीले पूर्वाधार, स्टार्टअप, अन्तरिक्ष र डिजिटल नवाचारमा भएको प्रगतिलाई प्रकाश पारे। उनले भने, आत्मनिर्भर भारतको दृष्टिकोणले घरेलु क्षमताहरूलाई सुदृढ़ पार्ने, उत्पादनलाई बढ़ावा दिने र आयातमा निर्भरता कम गर्ने लक्ष्य राखेको छ।
यस संवादलाई विशेष क्षण बताउँदै राजनाथ सिंहले सबै सहभागीहरूलाई उनीहरूको व्यावसायिक प्रतिबद्धताहरूको बाबजुद उपस्थित भएकोमा धन्यवाद दिए। रक्षामन्त्रीले भने, उनी र उनको प्रतिनिधिमण्डलले पाएको उत्साहजनक स्वागत बलियो र बढ्दो भारत-जर्मनी साझेदारीको प्रतीक हो। उनले स्पष्ट पारे कि कूटनीतिक मामिलामा भारतको अडान सधैं सन्तुलित छ र त्यसैले भारतले निरन्तर यही चाहन्छ कि अमेरिका र इरानबीचको युद्ध समाप्त होस् र शान्ति कायम होस्।
हिन्दुस्थान समाचार / भवानी थामी