सड़क दुर्घटनामा बिहू नित्याङ्गनाको मृत्यु
सड़क दुर्घटनामा बिहू नित्याङ्गनाको मृत्यु


तामुलपुर (असम), 25 अप्रेल (हि.स.)। तामुलपुर जिल्लान्तर्गत तामुलपुर-नाग्रीजुली सड़कमा नौकाटाको छेउमा गए अबेर राती भएको सड़क दुर्घटनामा एकजना 25 वर्षीय बिहू नृत्याङ्गनाको मृत्यु भयो भने अन्य एघारजनना घाइते भए।

घटनाक्रम अनुसार एउटा वाहनमा सवार भएर नलबाड़ीको हरिभङ्गाबाट भास्कर ज्योति बिहू हुसोरी टीम तामुलपुरको बङ्गालीपारामा बिहूको प्रस्तुति दिन गइरहेको थियो। भनिन्छ, 30 सदस्यीय बिहू दल सवार भएको वाहन (एएस-25डीसी-5893) विपरीत दिशाबाट आइरहेको एउटा द्रूत गतिको ट्रेलर (पीबी- 03एपी-6681)-सित सोझै ठोक्कियो। मृतकाको पहिचान तामुलपुर जिल्लाको निज झरगाउँ निवासी निशामणि हालोईको रूपमा भएको छ। यसरी नै घाइतेहरूमा अरुण मेधी, विद्युत दास, जगत राय, ड्राइभर पङ्कज बैश्य, अङ्किता दास, रतन कलिता, नीतू बरुवा, शिवानी बरुवा, काब्यश्री सरुआ औ दिबाकर मोरान सामेल छन्। यीमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई उन्नत उपचारको निम्ति गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतामाल रेफर गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande