
गुवाहाटी, 25 अप्रेल (हि.स.)। गुवाहाटीमा आगामी तीन-चार दिनसम्म घना वर्षा हुने पूर्वानुमान व्यक्त गरिएको छ। क्षेत्रीय मौसम विज्ञान केन्द्रले गुवाहाटी महानगर एवं यस वरपरका क्षेत्रहरूमा बिजुली चम्किने अनि अविरल वर्षा हुने अनुमान लगाएको छ।
मौसमको भविष्यवाणी अनुसार आगामी केही दिनसम्म गुवाहाटीका विभिन्न स्थानहरूमा मेघ गर्जन तथा हुन्डरी आउने प्रबल सम्भावना छ जसको परिणामस्वरूप शहरमा कृत्रिम बाढ़ीको समस्या बढ़्नाले यातायात प्रभावित हुनसक्छ साथै संवेदनशील क्षेत्रहरूमा पैह्रो आउने जोखिम बढ़्नसक्छ।
गुवाहाटी नगरनिगम र असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए)-ले स्थितिमाथि निरन्तर ध्यान राखिरहेको छ भने आपतकालीन प्रतिक्रिया व्यवस्थाहरूलाई तयार राखेको छ।
वर्तमान स्थितिलाई ध्यानमा राख्दै असम राज्य आपदा प्रबन्धन प्राधिकरणले गुवाहाटीका सबै नागरिकहरूसित आवश्यक सतर्कता अप्नाउने अपील गरेको छ। दैनिक यात्रा गर्ने मानिसहरू र लामो दूरीको यात्रा गर्ने यात्रीहरूसित अनुरोध गरिएको छ, अविरल वर्षा भइरहेको बेला अनावश्यक यात्रा गर्नदेखि बचौं।
तल्लो क्षेत्र अनि पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई बाढ़ी वा पैह्रोको कुनै पनि लक्षणप्रति सतर्क रहने आह्वान गरिएको छ।
परिस्थितिको ताज़ा जानकारी एएसडीएमएको आधिकारिक वेबसाइट https://asdma.assam.gov.in/resource/assam-weather-forecast औ सबै सोशल मीडिया ह्याण्डलमा समय-समयमा जनतालाई जागरूक बनाउनको लागि अपडेट गरिनेछ। त्यसैले जनतासित आह्वान गरिएको छ, उनीहरूले सरकारी मौसम अपडेटमाथि ध्यान दिउन् साथै लामो समयसम्म हुने वर्षाको मौसममा सुरक्षित रहनको लागि स्थानीय अधिकारीहरूद्वारा जारी निर्देशहरूलाई पालन गरुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा