
नगाउँ (असम), 25 अप्रेल (हि.स.)। नगाउँ जिल्ला कारागारमा दुईजना बन्दीहरूको मृत्यु भएको मामिला प्रकाशमा आएको छ। यस घटनापछि पुलिस मामिलाको जाँचमा जुटेको छ।
शनिवार पुलिस सूत्रले बताए अनुसार मृत बन्दीहरूको पहिचान जितुमनि कोँवर र रूपसिंह देराको रूपमा गरिएको छ। जितुमनि नगाउँ केन्द्रिय कारावासका बन्दी थिए भने रूपसिंह नगाउँको विशेष कारावासका बन्दी थिए। तथापि दुवैको मृत्यु कुन परिस्थितिमा भयो, हाल खुलासा भएको छैन। पुलिसले मामिलाको अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा विस्तृत जानकारीको प्रतिक्षा रहेको छ।
नगाउँको रहा निवासी जितुमनि कोँवरलाई 24 दिसम्बर, 2025-मा जेलमा पठाइएको थियो जसमाथि रहा थानामा 137/2025 नम्बरको मामिला दर्ता भएको थियो। उविरूद्ध भारतीय न्याय संहिताको धारा 296/117(2)109 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
यसरी नै होजाई जिल्लाको लङ्का थानान्तर्गत उदाली निवासी रुपसिंह देरालाई 25 मार्च, 2026-मा नगाउँ जेलमा पठाइएको थियो जसलाई लङ्का थानामा दर्ता हत्या सम्बन्धि 49/2026 नम्बरको मामिला अन्तर्गत जेलमा पठाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा