
इम्फाल, 25 अप्रेल (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले उग्रवाद-रोधी औ नशालु पदार्थ विरोधी अभियानलाई तीव्रता दिएका छन्। यसै क्रममा चँदेल जिल्लामा हतियार अनि विस्फोटकहरूको ठूलो भण्डार नै जफत गरिएको छ। यसरी नै चुराचाँदपुर जिल्लामा हेरोइनको ठूलो खेप सहित तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी आधिकारिक जानकारी अनुसार शुक्रवार सुरक्षा बलहरूले चँदेल जिल्लाको मोलचाम पुलिस स्टेशन अन्तर्गत खुमकोट गाउँको सामान्य क्षेत्रमा एक अभियान सञ्चालन गरे। यस अवधि सुरक्षा बलहरूले चार वटा सिङ्गल बोर राइपल, चार वटा देशी पोम्पी हतियार, सात वटा पोम्पी शेल, एउटा डेटोनेटरसितै तीन वटा ग्रेनेड औ सम्बन्धित चार्जर सहित पाँच वटा बाओफेंग रेडियो सेट जफत गरियो। जफत गरिएका सबै सामग्रीहरूको अग्रिम जाँच भइरहेको छ।
यसरी नै गत 23 अप्रेलको सञ्चालित अर्को अभियानमा सुरक्षा बलहरूले चुराचाँदपुर जिल्लाको सिङ्गङ्गाट पुलिस स्टेशन अधिनस्थ बोलकोटबाट तीनजना मानिसहरूलाई पक्राउ गरे जसको पहिचान नेङ्गमुआनलाल औ गिनलामथाङ्ग गुइटेको रूपमा भएको छ, यी दुवै नै सिङ्गङ्गाटको एम बुआङ्गमुन गाउँका निवासी हुन् भने हाङ्गखानलियानको रूपमा चिन्हित तेस्रो आरोपी हरियाणाको गुड़गाउँस्थित चकरपुरको निवासी रहेको बताइएको छ।
अभियान अवधि सुरक्षा कर्मीहरूले 474 वटा साबुनदानी जफत गरे जसमा संदिग्ध हेरोइन भरिएको थियो जसको वजन लगभग 5.43 किलोग्राम थियो, यस अतिरिक्त एउटा चार चक्के वाहनलाई पनि जफत गरिएको छ जसलाई मादक पदार्थको ओसार-पोसारमा उपयोग गरिएको थियो। जफत गरिएको नशालु पदार्थको अनुमानित बजार मूल्य करोड़ौं रुपियाँ रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा