चुनाउ प्रचार गर्न गइरहेका मन्त्री बीरबाहा हाँसदाको काफिलाको पायलट वाहन दुर्घटनाग्रस्त, दुई पुलिसकर्मी घाइते
चुनाउ प्रचार गर्न गइरहेका मन्त्री बीरबाहा हाँसदाको काफिलाको पायलट वाहन दुर्घटनाग्रस्त, दुई पुलिसकर्मी घाइते


कोलकाता, 25 अप्रेल (हि.स.)। चुनाउ प्रचार कार्यक्रममा सामेल हुन गइरहेकी राज्यकी मन्त्री बीरबाहा हांसदाको लश्करको पायलट वाहन गए शुक्रवार अबेर राति दुर्घटनाको शिकार भयो। एउटा कन्टेनर वाहनसित ठोक्किएर भएको यस दुर्घटनामा दुईजना पुलिसकर्मीहरू घाइते भए जसलाई उलूबेड़ियास्थित शरतचन्द्र चट्टोपाध्याय राजकीय चिकित्सालय एवं मेडिकल कलेजमा भर्ती गराइएको छ। तथापि मन्त्री बीरबाहा हाँसदा पूर्ण रूपमा सुरक्षित छन् भने उनको वाहनलाई कुनै प्रकारको क्षति पुगेको छैन।

यो दुर्घटना गए शुक्रवार अबेर राति 16 नम्बर राष्ट्रिय राजमार्गमा उलूबेड़िया थाना क्षेत्रको वीरशिबपुर फ्लाइओभरमा भएको हो। पुलिस र स्थानीय सूत्रानुसार मन्त्री बीरबाहा हाँसदा मेदिनीपुरदेखि कोलकाता चुनावी कार्यक्रममा भाग लिनका लागि प्रस्थान भएकी थिइन्। राती लगभग 12 बजे उनको काफिलामा गुड़िरहेको पायलट वाहनले नियन्त्रण गुमाएको कारणले सड़कमा खड़ा कन्टेनरको पछाड़ि ठोक्कियो।

ठक्कर भयानक थियो जसमा पुलिस वाहनको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वाहनमा सवार एकजना सहायक उपनिरीक्षक तथा एकजना कन्स्टेबल घाइते भए। दुर्घटनापछि तुरून्तै दुवैलाई अस्पतालमा पुऱ्याइयो।

यस दुर्घटनामा मन्त्रीको वाहन सुरक्षित छ। घटनापछि उनी राती नै कोलकाता तर्फ प्रस्थान भइन्। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande