पतिद्वारा पत्नीको हत्या, आरोपी पक्राउ
पतिद्वारा पत्नीको हत्या, आरोपी पक्राउ


वेस्ट कामेङ्ग (अरुणाचल), 25 अप्रेल (हि.स.)। वेस्ट कामेङ्ग जिल्लान्तर्गत अरुणाचल प्रदेश-असम सीमावर्ती भालुकपुङ्ग क्षेत्रमा एकजना व्यक्तिले आफ्नी पत्नीको अत्यन्त निर्दयता पूर्वक कुटेरै हत्या गरेको मामिला प्रकाशमा आएको छ।

स्थानीय पुलिसले शनिवार बतायो, भालुकपुङ्गको आन्तरिक क्षेत्र छयमाइलमा पतिले काठको टुक्राले प्रहार गरी पत्नीको ज्यान लियो। घटना बारे जानकारी पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर महिलाको शवलाई आफ्नो कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।

पुलिसले पत्नीको हत्या गरेको आरोपमा महिलाका पति कम्तेस्वर हजोवारीलाई पक्राउ गरेको छ। पुलिसले प्रारम्भिक जाँचमा पायो, पारिवारिक कलहको कारणले मातेर चुर भएको कम्तेश्वेरले आफ्नै पत्नीको हत्या गऱ्यो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande