दक्षिण बङ्गालमा कालबैसाखीको चेताउनी, कोलकाता सहित धेरैवटा जिल्लाहरूमा वर्षा हुने सम्भावना
दक्षिण बङ्गालमा कालबैसाखीको चेताउनी, कोलकाता सहित धेरैवटा जिल्लाहरूमा वर्षा हुने सम्भावना


हुगली, 26 अप्रेल (हि.स.)। भीषण गर्मीबीच राहतको खबर प्राप्त भएको छ। अलिपुर मौसम विभागले दक्षिण बङ्गालका केही जिल्लाहरूमा कालबैसाखी (हुन्डरी) आउने तथा वर्षा हुने पूर्वानुमान जारी गरेको छ भने उत्तर बङ्गालमा घना वर्षा हुन चेताउनी दिइएको छ।

मौसम विभाग अनुसार पूर्वी बिहारको माथि एक चक्रवातीय परिसञ्चरण विकसित भएको छ जसको उच्चता समुद्र तलदेखि लगभग 0.9 किलोमीटर रहेको छ। यसैको प्रभावले बङ्गालको खाड़ीबाट प्रचुर मात्रामा नमी दक्षिण बङ्गाल तर्फ आइरहेको छ जसबाट हावा-हुन्डरी तथा वर्षाको सिलसिला शुरू हुनेछ। तथापि कतिपय क्षेत्रमा आद्रता कायम रहनसक्छ।

मौसम विभागले उत्तर 24 परगना, मुर्शिदाबाद, नदिया, पश्चिम मेदिनीपुर, बाँकुड़ा, पूर्व बर्धमान औ पश्चिम बर्धमान तथा बीरभूम जिल्लाको लागि आइतवार र सोमवारको लागि अरेञ्ज अलर्ट जारी गरेको छ। यी क्षेत्रहरूमा 50-60 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावासितै वर्षा हुनसक्छ।

समुद्रमा पनि तीव्र हावा चलिरहेको छ जसको गति 40-50 किलोमीटर प्रतिघण्टा रहेको छ। यसले गर्दा पश्चिम बङ्गाल र उत्तर ओडिशाका तटीय क्षेत्रहरूमा समुद्र उग्र भएको छ। मछुआराहरूलाई बुधवारसम्म समुद्रमा नजाने सल्लाह दिइएको छ।

उत्तर बङ्गालमा आइतवार र सोमवार घना वर्षाको अलर्ट जारी गरिएको छ। दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, अलिपुर तथा कुचबिहारमा तीव्र् वर्षासितै 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। यो स्थिति आगामी शनिवारसम्म जारी रहने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande