बिहू समितिहरूलाई राति 12 बजीभन्दा अगावै कार्यक्रम समाप्त गर्ने आह्वान
बिहू समितिहरूलाई राति 12 बजीभन्दा अगावै कार्यक्रम समाप्त गर्ने आह्वान


गुवाहाटी, 26 अप्रेल (हि.स.)। निशामनि हालोईमा भएको पीड़ादायी दुर्घटना पश्चात बिहू समितिले राज्यभरिका सबै बिहू समितिहरूसित आफ्नो सांस्कृतिक कार्यक्रमलाई राति 12 बजीभन्दा अगावै समाप्त गर्ने आह्वान गरेको छ।

समितिले भन्यो, अबेर रातिसम्म कार्यक्रम चलिरह्यो भने दुर्घटनाहरू हुने आशङ्का बढ़ी रहन्छ, त्यसैले आयोजकहरूले अधिक सतर्कता तथा जिम्मेवारीको साथमा कार्यक्रम आयोजना गर्न आवश्यक छ।

घटनालाई मध्यनजर गर्दै समितिले सबै बिहू आयोजकहरूसित सुरक्षा मानदण्डहरूलाई पालन गर्दै समय-सीमालाई कड़ाईपूर्वक पालन गर्ने अपील गरेको छ। साथै बिहू सुरक्षा समितिले प्रशासनसित पनि आवश्यक दिशानिर्देश लागू गर्ने अनि यस्ता दुर्घटनाहरूको पुनरावृत्तिलाई रोक्नको लागि कड़ा कदम उठाउने माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande