
हुगली, 26 अप्रेल (हि.स.)। विधानसभा चुनाउपूर्व हुगली जिल्लाको जङ्गीपाड़ामा राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। भाजपा प्रार्थी प्रसेनजीत बागले आरोप लगाएका छन्, गए शनिवार राति उनको वाहनलाई घेरेर उनीसित दुर्व्यवहार गरियो साथै उनीमाथि हमला गर्ने चेष्टा पनि गरियो।
जानकारी अनुसार, बितेको शनिवार राती बोरहोल मोड़को छेउमा प्रसेनजीत बागलाई रोकेर टीएमसी समर्थकहरूले “जय बङ्गला” को नारा लगाए । भाजपा उम्मेदवारको आरोप छ, भीड़ले उनको वाहनलाई घेरेर उनलाई बाहिर निकाल्ने प्रयास गऱ्यो। उनको यो पनि भनाई छ, त्यसबेला घटनास्थलमा पुलिस थिएन, पछि पुलिस र केन्द्रिय बलहरूले घटनास्थलमा पुगेर उनलाई सुरक्षित निकाले।
प्रसेनजीत बागले तृणमूललाई लक्षित गर्दै आरोप लगाए, तृणमूल कङ्ग्रेसलाई आफ्नो सम्भावित हारको अड़कल भइसकेको छ। तयसैले यस्ता घटनाहरूलाई परिणाम दिइँदैछ। उनले पुलिसको भूमिकामाथि पनि प्रश्न तेर्साए अनि निष्पक्ष कारबाही गर्ने माग गरे।
अर्कोतिर तृणमूल कङ्ग्रेसका स्थानीय नेतृत्वले उपरोक्त आरोपहरूलाई शिराबाटै खारेज गरिदिएका छन्। उनको भनाई छ, उनीहरूको एक शान्तिपूर्ण ऱ्याली सोही मार्ग भएर गुज्रिरहेको थियो, यसै अवधि भाजपा प्रार्थीको वाहन बीचैमा आयो। उनले दाबी गरे, कुनै पनि प्रकारको दुर्व्यवहार भएन। भाजपाले सुनियोजित ढङ्गमा माहोल बनाउने प्रयास गरिरहेको छ।
यस घटनाका केही भीडियोहरू भाइरल भएका छन् जसमा नाराबाजी तथा बहस भइरहेको देख्न सकिन्छ। चुनाउको मुखैमा भएको यस घटनाले क्षेत्रको राजनीतिक माहोल अझ बाफिलो भएको छ।
उल्लेखनीयछ, जङ्गीपाड़ामा दोस्रो चरणको चुनाउ अन्तर्गत आगामी 29 अप्रेलमा मतदान हुनुछ, यस स्थितिमा प्रशासनले सुरक्षा व्यवस्था अनि सतर्कतामाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा