बहरमपुरमा आधा रातमा हमला, तीन कङ्ग्रेस समर्थक घाइते
बहरमपुरमा आधा रातमा हमला, तीन कङ्ग्रेस समर्थक घाइते


मुर्शिदाबाद, 26 अप्रेल (हि.स.)। बहरमपुरमा मतदान सम्पन्न भएपछि पनि गए शनिवार अबेर राती हिंसात्मक घटना भएको बताइएको छ। कङ्ग्रेस समर्थकहरूको घरमा हमला भएको घटनाले क्षेत्रमा तनाउ फैलिएको छ।

बितेको शनिवार अबेर राति मुर्शिदाबाद जिल्लाको बहरमपुर नगरपालिकाको वार्ड नम्बर चारमा बस्ने कृष्ण घोषको घरमा कथित रूपमा केही स्थानीय तृणमूल समर्थित उपद्रवीहरूले हमला गरे। आरोप छ, हमलाकारीहरूले घरमा तोड़फोड़ गर्नका साथै परिवारका सदस्यहरूमाथि पनि कुटपिट गरे। यस घटनामा एकजना महिला समेत तीन जना मानिसहरू घाइते भएका छन्। सबै घाइतेहरूलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

परिवारकी सदस्य दिया घोषले आरोप लगाएकी छन्, गए शनिवार राती लगभग 10 बजे उनी आफ्नो घर फर्किरहेको बेलामा कतिपय मानिसहरूले उनीमाथि अभद्र टिप्पणी गर्दै हातपात गर्ने प्रयास गरे। उनले यसको विरोध गरिन्। उनी घरमा पुगेको केही समयपछि त्यै मानिसहरूले उनको घरमा आएर कथित रूपमा तोड़फोड़ र कुटपिट गरे।

घटनाको खबर पाएर बहरमपुरबाट कङ्ग्रेस उम्मेद्वार अधीर रञ्जन चौधरी शनिवार राती नै घटनास्थलमा पुगे अनि पीड़ित परिवारसित भेट गरी उनीहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए।

यस अवधि अधीर चौधरीले दिएको एउटा बयानले विवाद उत्पन्न गराएको छ। उनले भनेका थिए, क्षेत्रका मानिसहरू एकजुट बस्नुपर्छ अनि आफ्नो घरमा हतियार राख्नुपर्छ। उनको यस बयानलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।

यस मामिलामा बहरमपुर शहर युवा तृणमूलका अध्यक्ष पापाई घोषको नाममा सिकायत दर्ता गरिएको छ। कङ्ग्रेसको पक्षबाट यस घटनालाई लिएर भारतीय निर्वाचन आयोगमा पनि सिकायत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande