बहरमपुरका कङ्ग्रेस प्रत्याशीले चुनावी हिंसामाथि उठाए प्रश्न
बहरमपुरका कङ्ग्रेस प्रत्याशीले चुनावी हिंसामाथि उठाए प्रश्न


आसनसोल, 26 अप्रेल (हि. स.)। बहरमपुर विधानसभा सीटबाट कङ्ग्रेस उम्मेद्वार अधीर रञ्जन चौधरीले पश्चिम बङ्गालमा भएको चुनावी हिंसाको सिलसिलामा चुनाउ आयोगमाथि प्रश्न उठाएका छन्। उनले आइतवार भने, बङ्गालका मानिसहरूले चुनाउ अवधि, चुनाउअघि र चुनाउपछि पनि नियमित रूपमा हिंसा देख्दै आएका छन्, यो कुनै नौलो कुरा होइन।

उनले भने, नयाँ तथा चिन्ताजनक कुरा भनेको लाखौं केन्द्रिय बलहरूलाई तैनाथ गरिए पनि यदि यस्तै किसिमको हिंसा भइरहन्छ भने यसले चुनाउ आयोगको विफलतालाई दर्शाउँछ। अधीरले चुनाउ आयोगसित अधिक सतर्क हुने अपील गर्दै भने, राज्यको तल्लो स्तरका पुलिस अधिकारीहरूले अहिले पनि सत्ताधारी पार्टीलाई तनाउ फैलाउन र त्राषपूर्ण माहोल सृजना गर्नमा मद्दत गरिरहेका छन्।

उनले आरोप लगाए, बाहिरबाट जति नै उच्च अधिकारीहरूलाई ल्याइए पनि तल्लो स्तरका अधिकारीहरूमाथि चुनाउ आयोगको कुनै प्रभावकारी नियन्त्रण छैन। त्यसैले यस किसिमका घटनाहरू लगातार भइरहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande