आसनसोलमा कङ्ग्रेस उम्मेदवारको छिमेकीको हत्या, बम्किए शुभङ्कर सरकार
आसनसोलमा कङ्ग्रेस उम्मेदवारको छिमेकीको हत्या, बम्किए शुभङ्कर सरकार


आसनसोल, 26 अप्रेल (हि. स.)। पश्चिम बर्दवान जिल्लाको उत्तर विधानसभा क्षेत्रमा मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएपछि पनि राजनीतिक हिंसा भएको समाचार प्राप्त भएको छ। यस घटनालाई लिएर पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारले गहिरो आक्रोश व्यक्त गरेका छन्।

आइतवार जारी एक बयानमा उनले भने, आसनसोलमा कङ्ग्रेस पार्टीका उम्मेदवारको छिमेकीको नृशङ्स हत्या भएको घटनाको उनी कड़ा शब्दमा निन्दा गर्दछन्। उनले भने, यो जघन्य घटना पश्चिम बङ्गालको लोकतन्त्रको लागि एक अन्धकारमय तथा खतरनाक सङ्केत हो।

शुभङ्कर सरकारले भने, एकातिर यस चुनाउलाई “स्वतन्त्र एवं निष्पक्ष” बताइँदैछ भने अर्कोतिर धरातलीय स्थिति यसको विपरीत छ। उनले आरोप लगाे, पछिल्लो लामो समयदेखिकै बङ्गालमा कङ्ग्रेसलाई कमजोर देखाउने प्रयास गर्दै आइरहेको तृणमूल कङ्ग्रेस अब कङ्ग्रेसको बढ़्दो शक्तिदेखि डराएको छ।

उनले दाबी गरे, पहिला सभालाई बाधित गर्ने चेष्टा गरियो भने अब यस चुनाउमा पहिलो राजनीतिक हत्या देख्न पाइएको छ जसमा एकजना कङ्ग्रेस कार्यकर्ताको ज्यान गएको छ।

शुभङ्कर सरकारले भने, पश्चिम बङ्गालमा कङ्ग्रेसको बढ़्दो लोकप्रियता र पुनरूत्थानले तृणमूल कङ्ग्रेस र भाजपा दुवै खेमामा डर उत्पन्न गरिदिएको छ। यही डर अब हिंसा, धम्की र कङ्ग्रेस कार्यकर्ताहरूविरूद्ध सुनियोजित उत्पीड़नको रूपमा सामु आइरहेको छ।

उल्लेखनीय छ, कङ्ग्रेस उम्मेदवारका छिमेकी तथा सहयोगीको कुटेरै हत्या गरिएको आरोप तृणमूल कङ्ग्रेसमाथि लागेको छ। तथापि सत्ताधारी पार्टीले भने उक्त आरोपलाई खारेज गरिदिएको छ। पुलिस उपायुक्तले बताए, मृतक कुनै पनि राजनीतिक दलका कार्यकर्ता वा पदाधिकारी थिएनन्। अहिलेसम्म मृतकको राजनीतिक पृष्ठ

भूमि पुष्टि भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande