
नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी ह्यूमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)-ले 13 वर्षीय बेपत्ता नाबालिकालाई खोजेर उसको परिवारसित भेट गराइदिएको छ। पुलिस अनुसार बालिका शाहबाद डेरी थाना क्षेत्रबाट हराएकी थिई भने उसलाई बेगमपुर क्षेत्रबाट खोजेर निकालियो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त पङ्कज कुमारले आइतवार बताए, गत 6 अप्रेलको दिन शाहबाद डेयरी थानामा 13 वर्षीय बालिका बेपत्ता भएको सिकायत दर्ता भएको थियो। बालिकाको उमेर कम भएकोले र उसको सुरक्षालाई ध्यानमा राखेर मामिलालाई गम्भीर रूपमा लिइयो। त्यसपछि दिल्ली पुलिस क्राइम ब्राञ्चको एएचटीयू टीमले तत्काल जाँच शुरू गऱ्यो।
पुलिस उपायुक्त अनुसार इन्स्पेक्टर मनोज दहियाको नेतृत्वमा गठित टीमले तकनिकी सर्भिलान्स, फील्ड इन्टेलिजेन्स र स्थानीय स्तरमा जुटाइएको सूचनाको आधारमा गहन खोजी अभियान सञ्चालन गऱ्यो। जाँच अवधि टीमले बालिकालाई बेगमपुर क्षेत्रबाट सुरक्षित खोजेर निकाल्यो। जाँचबुझमा थाहा लाग्यो, बालिकाले घरको कामलाई लिएर आमाले हप्काएको कारणले घर छोड़ेर निक्लेकी थिई। त्यसपछि उ बेगमपुरमा आफ्नो साथीसित बस्दै आइरहेकी थिई।
पुलिस अधिकारीहरूले बताए, बालिकालाई काउन्सिलिङ्गपछि परिवारलाई सुम्पिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा