प्लास्टिक गोदाममा आगो लागेर भागाभाग
प्लास्टिक गोदाममा आगो लागेर भागाभाग


आसनसोल, 26 अप्रेल (हि.स.)। दुर्गापुरको डीभीसी मोड़ संलग्न नजरुल पल्ली क्षेत्रमा आइतवार बिहान एक खुला मैदानमा अवस्थित प्लास्टिक गोदाममा भयानक आगो लाग्यो। घटनाको कारणले क्षेत्रमा हलचल मचियो। यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।

स्थानीय सूत्र अनुसार गोदाममा प्रचुर मात्रामा प्लास्टिक ब्याग राखिएको थियो। आइतवार बिहान 11 बजी अचानक गोदामबाट धुँवा निक्लिन थाल्यो। क्षणभरमै आगोले विकलार रूप धारण गऱ्यो। ह्वार-ह्वार आगो बलिरहेको तथा धुँवाको मुस्लोलाई देखेर वरिपरीका मानिसहरू आ-आफ्नो घरबाट निक्लेर भाग्न थाले।

घटनाको सूचना पाउनसाथ दुर्गापुर फायर स्टेशनबाट सबैभन्दा पहिला दमकलको एउटा इञ्जिन घटनास्थलमा आइपुग्यो। आगोको गम्भीरतालाई मध्यनजर गर्दै विभागले थप दुई वटा दमकललाई पठाइदियो। दमकल कर्मीहरूले लगभग एक घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

फायर अफिसर रिपन बरुआले बताए, सूचना पाउनसात हाम्रो टीम घटनास्तलमा पुग्यो। प्लास्टिकलाई एउटा खुल्ला मैदान जस्तै अस्थायी गोदाममा राखिएको थियो जसमा आगो लागेको थियो। हाल आगोलाई पूर्ण रूपले नियन्त्रण गरिसकिएको छ। हाल आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande