भावना शर्मा बेपत्ता मामिलामा नयाँ खुलासा
भावना शर्मा बेपत्ता मामिलामा नयाँ खुलासा


गुवाहाटी, 26 अप्रेल (हि.स.)। भावना शर्मा बेपत्ता भएको मामिलामा नयाँ-नयाँ तथ्यहरू सामु आइरहेका छन् जसपश्चात पुलिसले आफ्नो जाँच कार्यलाई अज तीव्रता दिँदै शहरका विभिन्न स्थानहरूमा छापामारी अभियान सञ्चालन गरिरहेको छ।

प्राप्त जानकारी अनुसार जालुकबाड़ी पुलिसको एक टीमले भावना शर्माका कथित प्रेमी निहारज्योति शर्माको घरमा खोजी अभियान सञ्चालन गऱ्यो। यो कारबाही मामिलाको अनुसन्धान अन्तर्गत गरिएको हो। यसको साथै पुलिसको अर्को टीमले हाथीगाउँस्थित एक आवासमा पनि छापा माऱ्यो जसबाट मामिलाको जाँचको परिधिलाई अझ विस्तृत बनाइएको छ।

यसबीच निहारज्योति शर्माविरूद्ध मानसिक उत्पीड़न गरेको आरोप पनि लगाइएको छ। पुलिसले उक्त आरोपको पनि गम्भीर रूपमा जाँच गरिरहेको छ।

उल्लेखनीय छ, गत शुक्रवार बिहान शिक्षिका भावना शर्मा आफ्नी आमालाई 'आई एम इन डेन्जर' म्यासेज पठाएपछि बेपत्ता भएकी थिइन् जतिबेला तिनी आफ्नो स्कूल गइरहेकी थिइन्। शनिवार बिहान तिनलाई शिलङ्गमा पोलो ग्राउण्डको छेउमा अवस्थित एउटा होटल बाहिर रूँदै गरेको अवस्थामा पाइयो। गुवाहाटी पुलिसले शनिवार साँझ तिनलाई शिलङ्गबाट गुवाहाटी ल्यायो। हाल पुलिसले भावना शर्मासित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande