
पानीपत, 26 अप्रेल (हि.स.)। इरान-इजराइल-अमेरिकाबीच भइरहेको युद्धको कारणले पानीपतको धागो व्यवसायलाई ठूलो झट्का लागेको छ। पानीपतमा लगभग 150 वटा स्पिनिङ्ग मिलहरू छन्। अब युद्धपूर्ण स्थितिले गर्दा स-साना मिलहरू बन्द हुने अवस्थामा पुगेका छन्। कारण काँचो मालको बढ़्दो मूल्य रहेको छ। यसले गर्दा तयारी मालको मूल्य पनि वृद्धि भएको छ। परिणामस्वरूप धागो व्यवसायमा अब 30 प्रतिशतको ह्रास आएको छ।
जिन्दल स्पिनिङ्ग मिल तथा शङ्कर वुलन मिलका एमडी सुरेन्द्र जिन्दलले बताए, युद्धको कारणले आयात हुने काँचो माल आइरहेको छैन, किनभने सयकड़ौं कन्टेनर समुद्रमा फसेका छन्। पानीपतमा विदेशबाट प्रतिमहिना एक हजार कन्टेनरभन्दा अधिक माल (र मटेरियल) आउँछ जसकारण काँचो मालमा 20 प्रतिशत वृद्धि भएको छ। उनीहरूले बताए, लुब्रिकेन्ट ओयलमा 30 प्रतिशत वृद्धि भएको छ भने पीपी वारदानेमा 20 प्रतिशत, सिन्थेटिक वेस्टमा 20 प्रतिशत तथा एक्सपोर्ट मालमा 25 प्रतिशत वृद्धि भएको छ। त्यसैले अन्य उत्पाद बनाउने फ्याक्ट्रीहरूले उत्पादनमाथि लगभग रोक लगाएका छन् जबसम्म मूल्य स्थिर हुँदैन।
श्री लक्ष्मी कोट्स एण्ड स्पिनिङ्ग मिलका निदेशक मनोज गुप्ताले बताए, पानीपतमा लगभग 50 हजार किलो सोढ़ी धागो जसको लागत लगभग 70 रुपियाँ प्रतिकिलो अर्थात 126 करोड़ रुपियाँ प्रतिवर्ष व्यापार हुन्छ। साथै 15 लाख किलो कटन धागो दिनहुँ बनाइन्छ जसको एक किलोको मूल्य 75 रुपियाँ छ अर्थात 4 हजार 5 सय 36 करोड़ रुपियाँको वर्षेनी व्यापार हुन्छ। अब इरान-इजरायल-अमेरिका युद्धले पानीपतका अधिकांश डाई हाउसहरू बन्द हुने अवस्थामा पुगिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा