अङ्किता हत्याकाण्डः जन्तर-मन्तरमा न्यायको मागमा प्रदर्शन
अङ्किता हत्याकाण्डः जन्तर-मन्तरमा न्यायको मागमा प्रदर्शन


नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। अङ्किता हत्याकाण्डमा कथित भीआईपी कनेक्शनको जाँच तथा सम्पूर्ण ममिलाको खुलासा गर्नुपर्ने मागमा आइतवार राजधानीको जन्तर-मन्तरमा प्रदर्शन गरियो। अङ्किता न्याय यात्रा संयुक्त सङ्घर्ष मञ्चको आह्वानमा जुटेका मानिसहरूले उत्तराखण्ड सरकारको विरोधमा नाराबाजी गर्दै आरोप लगाए, मामिलामा अहिलेसम्ममा तल्लो स्तरका आरोपीहरूमाथि मात्र कारबाही भएको छ जबकि नामी मानिसहरूको भूमिकाको जाँच गरिएको छैन। प्रदर्शनकारीहरूले भने, अङ्किता हत्याकाण्ड अब एउटा आपराधिक मामिला मात्र होइन जबकि महिलाहरूको सुरक्षा र न्याय व्यवस्थाको निष्पक्षताको प्रतीक भएको छ। संयुक्त सङ्घर्ष मञ्चकी सदस्य रीना पण्डितले आरोप लगाउँदै भनिन्, सरकारले जन दबावपछि सीबीआई जाँचको घोषणा त गऱ्यो, तर जाँचको दिशालाई ती मानिसहरूसम्म बढा़इएको छैन जसको नाम कथित रूपमा मुछिएको छ। प्रदर्शनमा सामेल वमल कौशिकले भने, जबसम्म हत्याको पूर्ण षड़यन्त्र तथा त्यसको पछाड़ि सामेल हरेक व्यक्तिको भूमिकाको खुलासा हुँदैन तबसम्म पीड़ित परिवारले न्याय पाउन सक्दैन। उत्तराखण्डबाट आएकी मुस्कान रावतले भनिन्, जनताले अब अधुरो जवाफलाई स्वीकार गर्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande