भाजपाको नीति बङ्गाल विरोधी छः कुणाल घोष
भाजपाको नीति बङ्गाल विरोधी छः कुणाल घोष


कोलकाता, 26 अप्रेल (हि.स.)। तृणमूल कङ्ग्रेसका उम्मेद्वार कुणाल घोषले आइतवार पार्टी कार्यकर्ताहरूसित चुनाउ प्रचार गरे। आगामी 29 अप्रेलमा हुन गइरहेको दोस्रो चरणको मतदानअघि उनले बेलियाघाटा विधानसभा क्षेत्रमा व्यापक प्रचार अभियान सञ्चालन गरे। यस अवधि उनले भाजपामाथि प्रहार गर्दै भने, भाजपाको नीति बङ्गाल विरोधी छ।कुणाल घोषले भने, बङ्गालभरि नै ममता दिदीको समर्थनमा छाल उठिसकेको छ। भाजपाको नीति बङ्गाल विरोधी छ। भोट प्रतिशत जति अधिक हुन्छ, त्यति नै ममता दिदी सत्तामा फर्किने निश्चित हुनेछ। चुनाउ आयोगद्वारा पाँचजना पुलिस अधिकारीहरूलाई निलम्बन गरिएको मुद्दामा उनले भने, मतगणनाको दिन बङ्गालका जनता लोकतान्त्रिक ढङ्गले चुनाउ आयोगलाई निलम्बन गर्नेछन्।भाजपा र तृणमूलमाथि राहुल गान्धीले गरेका टिप्पणीमाथि प्रतिक्रिया गर्दै कुणाल घोषले भने, राहुल गान्धीले जनतालाई भ्रमित पारिरहेका छन्।महाराष्ट्र, दिल्ली, हरियाणा औ बिहारमा भाजपालाई रोक्नु उनको जिम्मेवारी थियो, तर उनले यस्तो गर्न सकेनन्। जहाँ तृणमूलले उनीहरूलाई परास्त गरिरहेको छ, त्यहाँ भाजपालाई फाइदा पुऱ्याउने र उनीहरूको लागि काम गर्न आइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande