
जम्मू, 26 अप्रेल (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले आइतवार नागरिकहरूलाई अङ्ग दानको सङ्कल्प लिने अपील गर्दै भने, जीवनको उपहारलाई सबै धर्ममा सम्मान गरिन्छ।
अङ्ग दाता तथा उनीहरूको परिवारहरूलाई सम्मानित गर्नको लागि समर्पित एक कार्यक्रम 'नमन दिवस'-मा भाग लिँदै सिन्हाले भने, अङ्ग दाता र उनीहरूका परिवारहरूले अनगन्ती मानिसहरूको जीवनमा खुशी दिएका छन्। राज्य अङ्ग तथा उत्तक प्रत्यारोपण सङ्गठन (एसओटीटीओ) को भूमिकाको सराहना गर्दै उनले यसका प्रतिनिधिहरूसित सामाजिक नेटवर्क, सामुदायिक बैठक, शैक्षणिक संस्थान, पूजा स्थल औ कार्यस्थलहरू सहित सबै प्लेटफार्महरूमा जागरूकता अभियानलाई तीव्रता दिने आग्रह गरे।
उनले भने, मैले ठूलो जिम्मेवारीको साथमा यसमाथि बल दिनुपर्छ कि सरकार वा कुनै पनि संस्थानको कुनै पनि पुरस्कारले वास्तवमा तपाईको उपहारको मूल्य बताउन सक्दैन। एलजीले भने, एसओटीटीओ जम्मू र कश्मीरको आफ्नो अभियान, अस्पताल साझेदारी, गैर सरकारी सङ्गठनहरूसित सहयोग तथा मस्तिष्क-मृत दाता मामिलाको संवेदनशील पहिचान र प्रबन्धनको लागि चिकित्सा पेशावरहरूको प्रशिक्षणको माध्यमबाट करूणा र मानवताको एक आन्दोलन भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा