
कोलकाता, 26 अप्रेल (हि. स.)। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार प्रसिद्ध नेपाली साहित्यकार एवं दूरदर्शी नेता शिवकुमार राईको जयन्तीमा उनलाई श्रद्धाञ्जली चढ़ाइन्। उनले सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर) मा एउटा पोस्ट साझा गरी लेखिन्, उनले यी महान साहित्यकार तथा नेतालाई उनको जयन्तीमा स्मरण गरिरहेकी छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा शिव कुमार राईको साहित्यिक योगदान र समाजप्रति उनको दूरदर्शितालाई स्मरण गरिन्। उनले भनिन्, उनको जीवन र कार्य भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत हो।
शिव कुमार राई नेपाली भाषाका एकजना प्रख्यात साहित्यकार, चिन्तक औ समाजसेवी थिए। उनले आफ्नो लेखनको माध्यमबाट समाज, संस्कृति एवं मानवीय मूल्यहरूलाई गहिराई पूर्वक प्रस्तुत गरे। साहित्यसँगसँगै उनी सामाजिक र राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेर आफ्ना विचारहरूबाट मानिसहरूलाई प्रभावित पारे। उनका कृतिहरू तथा योगदानको लागि उनलाई आज पनि सम्मान पूर्वक सम्झिइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा