ग्रेटर इम्फालमा हिंसा एवं अशान्ति फैलाएको आरोपमा 6 जना समातिए, सुरक्षाको कड़ा बन्दोबस्त
ग्रेटर इम्फालमा हिंसा एवं अशान्ति फैलाएको आरोपमा 6 जना समातिए, सुरक्षाको कड़ा बन्दोबस्त


इम्फाल, 26 अप्रेल (हि.स.)। मणिपुर पुलिसले ग्रेटर इम्फाल क्षेत्रमा सार्वजनिक शान्ति भङ्ग गरेको, हिंसा फैलाएको तथा कानून व्यवस्थालाई प्रभावित पारेको आरोपमा 6 जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिसले सो कारबाही गए शनिवार सञ्चालित विशेष अभियान अन्तर्गत गरिएको हो जसको उद्देश्य क्षेत्रमा शान्ति बहाल गर्नु हो।

आइतवार मणिपुर पुलिसद्वारा दिइएको जानकारी मुताविक पक्रा पर्ने मानिसहरूको पहिचान युमनाम सोमनाथ उपनाम नोङ्गासाबा (21), निङ्गथौजम प्रेम सिंह (25), सोरोखैबम रुस्तम (25), न्गैराङ्गबम याइखोम्बा (25), वाङ्गखेम इङ्गो मेइतेई (30) औ मोइराङ्गथेम नाओबा मेइतेई (24)-को रूपमा गरिएको छ।

पुलिस अधिकारीहरू अनुसार यी सबै आरोपीहरू ग्रेटर इम्फालका कतिपय संवेदनशील क्षेत्रहरूमा हिसंक तथा अशान्ति फैलाउने गतिविधिहरूमा कथित रूपमा सामेल थिए। यी गतिविधिहरूको कारणले क्षेत्रको स्थिति तनाउपूर्ण भयो अनि कानून व्यवस्था पनि प्रभावित भयो।

स्थितिलाई नियन्त्रण गर्नको लागि प्रशासनले प्रभावित अनि संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई अझ कड़ा बनाएको छ। अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ ताकि कुनै पनि प्रकारको अप्रिय घटनालाई रोक्न सकियोस् तथा आम मानिसहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्।

पुलिसले यो पनि बतायो, पक्रा पर्ने आरोपीहरूसित जाँच भइरहेको छ। यो पत्तो लगाउने प्रयास गरिँदैछ कि यी घटनाहरूको पछाड़ि कुनै ठूलो नेटवर्क वा अन्य मानिसहरू त सामेल छैनन्।

प्रशासनले मानिसहरूसित शान्ति कायम राख्ने, अफवाहको पछाड़ि नदौड़िने तथा कानून व्यवस्थालाई कायम राख्नमा सहयोग गर्ने अपील गरेको छ। पुलिसले स्पष्ट पारेको छ, अशान्ति फैलाउनेहरूविरूद्ध कड़ा कारबाही जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande