
ग्वालपाड़ा (असम), 26 अप्रेल (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत आगियाको बालीजानामा भीषण अग्निकाण्ड भएको जानकारी प्राप्त भएको छ जसमा एउटा किराना पसल पूर्ण रूपमा जलेर खरानी भएको छ।
पुलिस प्रवक्ताद्वारा आज दिइएको जानकारी मुताविक बालीजाना बजारस्थित स्थानीय व्यवसायी प्राञ्जल दासको पसलमा गए राती अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि पसलमा राखिएका सबै सामानहरूलाई नष्ट गरिदियो।
प्रारम्भिक आशङ्कामा शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्छ तथापि वास्तविक कारणको आधिकारिक रूपमा पुष्टि भएको छैन।
अग्निशमन विभागको टीमले पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो जसले गर्दा आगो अझ फैलिन पाएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा