
नगाउँ (असम), 26 अप्रेल (हि.स.)। मोरिकलोङ्गमा भएको लुटकाण्डमा नगाउँ पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले यस मामिलाका मास्टरमाइण्ड उमर अलीलाई पक्राउ गरेको छ। साथै मिन्टु हुसैन नामक अर्को आरोपीलाई पनि हिरासतमा लिइएको छ।
पुलिस सूत्र अनुसार डा. रञ्जीत सैकियाको घरमा भएको लुटपाटको सिलसिलामा सञ्चालित अभियान अन्तर्गत दुवै आरोपीलाई पक्राउ गरिएको हो। यस अवधि पुलिसले घरबाट लुटेको नकद धनलाई पनि जफत गरेको छ।
यद्यपि यस घटनामा सामेल अन्य तीनजना आरोपीहरू भने अहिले पनि भागेका छन्। यिनीहरूलाई पक्राउ गर्नको लागि पुलिसले लगातार अभियान सञ्चालन गरिरहेको छ। ज्ञात रहोस्, बितेको 23 अप्रेलको राती डाँकाहरूको दलले डाक्टर दम्पत्तिमाथि हमला गरे लुटपाटको घटनालाई परिणाम दिएका थिए। दुवैलाई गम्भीर अवस्थामा गुवाहाटीको एक अस्पतालमा भर्ती गरिएको थियो।
पुलिसले बतायो, नगाउँ जिल्लाको रूपही क्षेत्रस्थित बरघुली गाउँंका निवासी उमर अली एक आदतगत अपराधी हो र उसले पहिला पनि धेरैपटक यस्ता लुटपाटका घटनाहरूलाई परिणाम दिसकेको छ। घटनाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा