शिवस्थान पुलिस चौकीभित्र सामूहिक प्रहार, तीनजना घाइते
शिवस्थान पुलिस चौकीभित्र सामूहिक प्रहार, तीनजना घाइते


नगाउँ (असम), 26 अप्रेल (हि.स.)। नगाउँ जिल्लामा एउटा अचम्भको घटना घटेको थाहा लागेको छ जहाँ पुलिस पिकेटभित्रै तीजना मानिसहरूमाथि एउटा समूहले प्रहार गऱ्यो। यस घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न तेर्साएको छ।

पुलिस सूत्रले आज बताएको छ, घाइतेहरूको पहिचान दीपज्योति सैकिया, दीपाङ्कर सैकिया र पवित्र सैकियाको रूपमा भएको छ। प्राप्त जानकारी अनुसार संदिग्ध मानिसहरूको एक समूहले फलामको पाइपले तीनैजनामाथि प्रहार गऱ्यो जसले गर्दा उनीहरू घाइते भए।

पुलिस सूत्र अनुसार यो हमला शिवस्थान पुलिस चौकी परिसरभित्र भएको हो जसबाट यो प्रश्न उठ्नु स्वभाविक हो कि सुरक्षित क्षेत्रमा यस किसिमको घटना कसरी घट्यो?

घटनाको सिलसिलामा पुलिसले कारबाही गर्दै तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान अबू बक्कर हुसैन, इकरामुल हुसैन औ मुक्सिदुल हकको रूपमा भएको छ।

घटना पछाड़िको कारण पत्तो लगाउ अनि अन्य संलिप्त मानिसहरूलाई चिन्हित गर्नको लागि पुलिसले जाँच कार्यलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande