एनबीएसटीसीका स्लीपर भोल्भो बसहरूमा अब कण्डक्टर हुने छैन, अटेण्डेन्टले एयरहोस्टेजले जस्तै सेवा दिनेछ
एनबीएसटीसीका स्लीपर भोल्भो बसहरूमा अब कण्डक्टर हुने छैन, अटेण्डेन्टले एयरहोस्टेजले जस्तै सेवा दिनेछ


कुचबिहार, 26 अप्रेल (हि.स.)। जिल्लाबाट एउटा महत्वपूर्ण खबर प्रकाशमा आएको छ। उत्तर बङ्ग राज्य परिवहन निगम (एनबीएसटीसी) ले आफ्नो अत्याधुनिक स्लीपर भोल्भो बसका यात्रीहरूलाई सर्वोत्कष्ट सुविधा दिनको लागि ठूलो परिवर्तन गरेको छ। अब यी बसहरूमा कण्डक्टर हुने छैन। यात्रीहरूको स्वागत तथा सेवा बस अटेण्डेन्टले गर्नेछ।

निगमको यस फसेला अन्तर्गत अटेण्डेन्टले यात्रीहरूलाई उनीहरूको सीटसम्म पुऱ्याउने, सामान राख्नमा मद्दत गर्ने तथा यात्रा अवधि उनीहरूको आवश्यकतालाई ध्यान दिनेछ। यो सेवा हवाई जहाजको एयरहोस्टेसले जस्तै दिइनेछ जसबाट यात्रीहरूलाई एक प्रीमियम अनुभव प्राप्त होस्। आइतवार साँंझदेखि सिलगढ़ीबाट अनि सोमवार साँझदेखि कुचबिहारबाट कोलकाता तर्फ यी बसहरू प्रस्थान हुनेछन्।

यस विषमा एनबीएसटीसीका म्यानेजिङ्ग डाइरेक्टर दीपङ्कर पिपलाईले बताए, बसहरूमा दुईजना ड्राइभर र एकजना अटेण्डेन्ट उपस्थित रहनेछन्, तर कण्डक्टर हुने छैन।

स्मरण गराइन्छ, यी स्लीपर भोल्भो बसहरूको उद्गाटन गत जनवरी महिनामा मुख्यमन्त्रीद्वारा भर्चुअली गरिएको थियो, तर सेवा भने आजबाट शुरू भइरहेको छ। सेवा शुरू भएको खबरले लामो दूरत्वका यात्रीहरूमा उत्साह छाएको छ।

भाड़ाको कुरा गर्नु हो भने कुचबिहारदेखि कोलकातासम्मको भाड़ा लगभग 2 हजार रुपियाँ अनि सिलगढ़ीदेखि 17 सय रुपियाँ तय गरिएको छ। यात्रीहरूलाई यस बसमा पानीको बोतल, फ्री वाई-फाई, टीभी, सिरानी, बेडशीट औ कम्बल जस्ता सुविधाहरू पनि दिइनेछ। अनलाइन बुकिङ्गसँगसँगै यात्रीहरूले डिपोबाट पनि टिकट खरिद गर्न सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande