
बीरभूम, 26 अप्रेल (हि.स.)। नानूर विधानसभा क्षेत्रमाभाजपा उम्मेद्वार खोकन दासको वाहनमा तोड़फोड़ भएको आरोप तृणमूल कङ्ग्रेसमाथि लागेको छ। तर तृणमूल कङ्ग्रेसले भने उकत आरोपलाई शिराबाटै खारेज गरिदिएको छ। यो घटना गए शनिवार राति बोलपुरको चित्रा मोड़मा भएको हो।
जानकारीअनुसार गत बिहीवार मतदान सम्पन्न भएपछि बोलपुर, नानूर र लाभपुर सीटका ईभीएमहरूलाई बोलपुर कलेजको स्ट्रङग रूममा कड़ा सुरक्षाबीच राखिएको छ। भाजपाकोआरोपछ, गए शनिवार राती एकजना युवकले नक्कली पहिचान पत्रको साथमा स्ट्रङ्ग रूममा प्रवेश गर्ने प्रयास गऱ्यो। यसको सूचना पाएर भाजपा उम्मेद्वार खोकन दासघटनास्थलमा निरीक्षण गर्न पुगे।
खोकन दासले आरोप लगाएका छन्, चित्रा मोड़को छेउमा नानूरका तृणमूल उम्मेद्वार सहित पार्टीका कार्यकर्ता एवं समर्थकहरूले उनलाई घेरेर उनको वाहनमा तोड़फोड़ गरिदिए। घटनाकोखबर फैलिनसाथ भाजपा कार्यकर्ता तथा समर्थकहरू पनि ठूलो संख्यामा घटनास्थलमा पुगे। केही समयपछि तृणमूलका समर्थकहरू पनि घटनास्थलमा पुगे जसपश्चात दुई पक्षबीच बहस शुरू भयो। हेर्दा-हेर्दै माहोल तनाउपूर्ण भयो।
स्थिति बिग्रिएपछि घटनास्थलमा ठूलो संख्यामा पुगेको पुलिस बलले स्थितिलाई नियन्त्रण गऱ्यो। आइतवार पनि यस मामिलाको कारणले क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। पुलिसले स्थितिमाथि नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा