मुख्यमन्त्रीले 'सर्वश्रेष्ठ मुख्यमन्त्री पुरस्कार' सिक्किमे जनतालाई समर्पित गरे
Best CM award


गान्तोक, 26 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आफुलाई सर्वश्रेष्ठ मुख्यमन्त्री पुरस्कार” प्रदान गरिएकोमा हर्ष व्यक्त गर्दै यो पुरस्कार सिक्किमका जनतालाई समर्पित गरेका छन्।

उल्लेख्य, मुख्यमन्त्री प्रेमसिंह तामाङलाई नयाँ दिल्लीमा आयोजित सिक्स सिग्मा स्वास्थ्य नेतृत्व सम्मेलन २०२६ मा “सर्वश्रेष्ठ मुख्यमन्त्री पुरस्कार” प्रदान गरिएको छ। उनले पुरस्कार प्राप्त भएकोमा सम्मानित महसुस गर्दै यस सम्मानका लागि आयोजकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले यो पुरस्कार सिक्किमका जनतालाई समर्पित गरेका छन् भने जनताको अटल विश्वास, आस्था र समर्थनले आफ्नो प्रत्येक कदमलाई प्रेरणा दिएको उल्लेख गरेका छन्। उनले यो सम्मान वास्तवमा राज्यका नागरिकहरूको हो, जसको सहभागिता र हाम्रो साझा दृष्टिप्रतिको विश्वासले यात्रालाई निरन्तर मार्गदर्शन गरिरहेको बताएका छन्। उनले सरकारका प्रयासहरू सधैं समावेशी र जनमुखी विकासप्रति प्रतिबद्धतामा आधारित रहेका छन्, जहाँ प्रत्येक नागरिकको कल्याण सर्वोच्च प्राथमिकता रहँदै आएको जनाएका छन्। मुख्यमन्त्री यो पुरस्कार सरकार र जनताले हातेमालो गरेर काम गर्दा के कस्ता उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुराको प्रमाण रहेको बताउँदै यसले हामीलाई अझ स्वस्थ, समावेशी र प्रगतिशील सिक्किम निर्माणतर्फ अघि बढ्न थप दृढ़ बनाएको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande