142 वटा सीटमा शान्तिपूर्ण मतदान सम्पन्न गराउन गल्ली-गल्लीमा उतातिरनेछ सुरक्षा बल
142 वटा सीटमा शान्तिपूर्ण मतदान सम्पन्न गराउन गल्ली-गल्लीमा उतातिरनेछ सुरक्षा बल


कोलकाता, 26 अप्रेल (हि. स.)। पहिलो चरणको मतदान समाप्त हुनसाथ चुनाउ आयोगले दोस्रो चरणको तयारीलाई तीव्रता दिएको छ। 142 वटा विधानसभा सीटमा शान्तिपूर्ण तथा निष्पक्ष मतदान सुनिश्चित गर्नको लागि आयोगले पुलिस अनि केन्द्रिय बलहरूलाई विस्तृत जिम्मेवारी सुम्पिएको छ। आइतवार धनधान्य अडिटोरियममा आयोजित एक समन्वय बैठकमा सुरक्षा व्यवस्थामाथि विस्तृत रणनीति तय गरियो।

आयोग अनुसार यसपालि कुनै पनि प्रकारको अशान्तिलाई रोक्नको लागि सुरक्षा बलहरूले मतदान केन्द्रसम्म मात्र सीमित नबसेर ती क्षेत्रहरूका गल्लीहरूसम्म गस्ती गर्नेछन्। जसान्तर्गत 160 वटा मोटरसाइकलहरूमा दुई-दुई जना जवानहरूलाई तैनाथ गरिनेछ जसले गल्लीहरूमा निरन्तर निगरानी राख्नेछन् र कुनै पनि संदिग्ध गतिविधि भएको खण्डमा तुरून्तै कारबाही गर्नेछन्।

बैठकमा यो पनि तय गरियो, मतदानदेखि मतगणनासम्म भयमुक्त माहोललाई कायम राख्नको लागि हरेक स्तरमा निगरानीलाई बढ़ाइनेछ। संवेदनशील क्षेत्रहरूमा अतिरिक्त बललाई तैनाथ गरिनेछ भने आवश्यकता परे मतदान केन्द्रहरूसम्म पुग्ने बाटोमा पनि सीसीटीभी क्यामरा जड़ान गरिेछ। क्विक रेस्पोन्स टीम अनि पुलिस बलको तैनाथीलाई लिएर विस्तृत योजना प्रस्तुत गरियो।

आयोगले पुलिस एवं सुरक्षा बलहरूलाई स्पष्ट निर्देश दिएको छ, कानून व्यवस्थालाई कायम राख्नमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन। कुनै पनि प्रकारको गड़बड़ी भएको थाहा लागे तुरून्तै कारबाही सुनिश्चित गर्न भनिएको छ।

यस बैठकमा कोलकाताका पुलिस आयुक्त, रिटर्निङ्ग अफिसर, उत्तर एवं दक्षिण कोलकाताका जिल्ला निर्वाचन अधिकारी, सामान्य पर्यवेक्षक औ पुलिस पर्यवेक्षक उपस्थित थिए। साथै आयोगका विशेष पर्यवेक्षक सुब्रत गुप्ता र विशेष पुलिस पर्यवेक्षक एन.के. मिश्रा पनि बैठकमा सामेल भएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande