
नयाँ दिल्ली, 26 अप्रेल (हि.स.)। कांग्रेसका पूर्व अध्यक्ष तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पश्चिम बंगालमा कांग्रेस कार्यकर्ता देवदीप चटर्जीको कथित हत्याको कड़ा निन्दा गर्दै तृणमूल कांग्रेसलाई लक्षित गरे। शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उनले दोषीहरूलाई तत्काल पक्राउ गर्न र पीड़ित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरे।
राहुल गान्धीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट साझा गर्दै भने, तृणमूलसँग सम्बद्ध गुण्डाहरूद्वारा गरिएको चुनाउपछिको यो हत्या अत्यन्तै निन्दनीय छ। उनले आरोप लगाए कि पश्चिम बंगालमा लोकतन्त्रको सट्टा गुण्डाराज चलिरहेको छ, जहाँ असहमत आवाजहरूलाई धम्काउने र दबाउने प्रयास भइरहेको छ।
उनले भने कि कांग्रेसको राजनीति कहिल्यै हिंसामा आधारित रहेको छैन र पार्टीले सधैं अहिंसा र संविधानको मार्ग पछ्याउने संकल्प लिएको छ। आफ्ना कार्यकर्ताहरूको क्षतिको बावजुद पार्टीले आफ्नो शान्तिपूर्ण र लोकतान्त्रिक मूल्यहरू कायम राखेको छ।
उनले ताजा मामिलामा आरोपीहरूलाई तुरुन्तै पक्राउ गर्न र मृतकको परिवारलाई सुरक्षा र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। राहुल गान्धीले भने, कांग्रेस भारतको अहिंसात्मक परम्परालाई कलंकित गर्ने यस्तो राजनीतिको अगाड़ी झुक्ने छैन र न्याय सुनिश्चित गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी