नशामुक्ति केन्द्रमा बलजफ्ती गाईको मासु खुवाएको आरोप, 6 जना कर्मचारीहरू समातिए, 5 जना भागे
नशामुक्ति केन्द्रमा बलजफ्ती गाईको मासु खुवाएको आरोप, 6 जना कर्मचारीहरू समातिए, 5 जना भागे


धुबड़ी (असम), 26 अप्रेल (हि.स.)। धुबड़ी जिल्लाको गौरीपुरस्थित एक नशामुक्ति केन्द्रमा रोगीहरूसित अमानवीय व्यवहार गरिएको मामिला सामु आएको छ। सिकायतको आधारमा पुलिसले उक्त केन्द्रका 6 जना कर्मचारीहरूलाई पक्राउ गरेको छ।

आरोप अनुसार, निबारन रिह्याब सेन्टरका अधिकारीहरूले उपचारको नाममा रोगीहरूलाई बलजफ्ती गाईको मासु खानको लागि बाध्य बनाए अनि उनीहरूसित शारीरिक अत्याचार तथा मानसिक उत्पीड़न गरे।

बताइएको छ, अत्याचार सहन गर्न नसकेका कारण 5 जना रोगीहरू नशामुक्ति केन्द्रबाट भागे जसपश्चात यो मामिलाको खुलासा भयो।

पीड़ितहरूद्वारा दर्ता प्राथमिकीको आधारमा गौरीपुर पुलिसले कारबाही गर्दै 6 जना कर्मचारीहरूलाई पक्राउ गरेको छ। मामिलाको अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande