
गुवाहाटी, 26 अप्रेल (हि.स.)। गुवाहाटीको चाँदमारी क्षेत्रमा भएको एक सड़क दुर्घटनाा तीनजना युवतीहरूको घटनास्थलमै मृत्यु भयो। पुलिसले बतायो, आइतवार बिहान सबेरै 3.30 बजे मटघरियाको गेट अस्पताल निकट खड़ा ट्रकलाई पछाड़िबाट एउटा द्रूत गतिको स्विफ्ट कार (एएस-01जीपी-0562)- द्वारा ठक्कर दिइएको कारणले कारमा सवार दुईजना युवतीहरूको घटनास्थलमै मृत्यु भयो भने एकजना युवतीको दुर्घटना भएको केही समय पश्चात मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले सबै शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। मृतकहरूको पहिचान ग्वालपाड़ाकी पूजा शाह र चराइदेव जिल्लाकी आकांक्षा सैकियाको रूपमा गरिएको छ। तथापि अर्की युवतीको अन्तिम सूचना पाउँंदासम्ममा पहिचान हुन सकेको थिएन।
पुलिसले प्रारम्भिक जाँचमा पायो, कारलाई एकजना युवकले हाँकिरहेको थियो जो दुर्घटनापछि घटनास्थलबाट भाग्यो। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको गम्भीर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा